पोखरामा गए राति एक युवकको भिरबाट लडेर मृत्यु भएको छ।
पोखरा महानगरपालिका( १८ मेथलाङको डाँडाको भिरबाट लडेर गोरखा घर भई पोखरा ७ मासबार बस्दै आएका २७ वर्षीय संजोग थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साथीहरूसँग मादक पदार्थ सेवन गरी बसेका थापा गए राती १ ४० बजे भिरबाट खसेका थिए \।
करिब ५० मिटर तल खसेर घाइते भएका थापालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता सुवास हमालले जानकारी दीनु भयो हामी उक्त स्थानमा पुगेर उनका आफन्तरु संग कुराकानी गरी स्थलगत रिपोर्ट लिएर उपस्थीत भएका छौ हेरौ कस्तो छ ठाउ के भन्छन आफन्त यो भिडियो लिङ्कमा
प्रतिक्रिया