देउवा सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने एमाले स्थायी कमिटीको निर्णय

इनेप्लिज २०७८ साउन १ गते ११:२७ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले पार्टी विवाद समाधान गर्नको लागि गठित कार्यदलले दिएको प्रस्ताव अनुमोदन गरेको छ । पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा आज बसेको एमाले स्थायी कमिटी बैठकले कार्यदलको प्रस्ताव ग्रहण गर्दै अनुमोदन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले कार्यदल भने भंग गरेको छ ।

बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने बताए । ज्ञवालीले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए ।

ज्ञवालीले भने–पार्टीले प्रतिपक्षमा उभिने निर्ण गरेको छ । कोही साथीहरु सरकारको पक्षमा उभिनु हुन्छ भने सर्वोच्च अदालतले त्यो बाटो खुला गरिदिएको छ उहाँहरु जान सक्नुहुन्छ ।

प्रतिक्रिया