पल शाह र श्री पाण्डे अभिनित गीतकार प्रकाश पौडेलको ‘फूलकुमारी’ सार्वजनिक

इनेप्लिज २०७८ साउन १ गते ११:२३ मा प्रकाशित

काठमाडौं,साउन १। नायक पल शाह र कान्तिपुर टिभीकी चर्चित समाचारवाली श्री पाण्डे अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ डा.प्रकाश पौडेलको शब्द र राजनराज सिवाकोटीको स्वर र संगीत रहेको गीत ‘फूलकुमारी’ भिडियोमा मोडेल श्री पाण्डे र नायक पल शाहको अनस्क्रीन रोमान्स गरेका छन्
गीतको भिडियोमा काठमाडौ उपत्यका आसपासका रमणिय ठाउहरुलाइ समेटिएर छायांकन गरिएको छ।उत्सव दाहालको क्यामेरा, विकास दाहालको सम्पादन रहेको ‘फूलकुमारी’लाइ ‘ट्वान्टीवान लभ’, ‘यु एन आई’ जस्ता सफल सिरिजका निर्देशक सरिन पोखरेलले निर्देशन गरेका हुन् ।

विगत १७ वर्षदेखि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय म्युजिक कम्पनी एसियन म्युजिक कम्पनीले भिडियोको बजार व्यवस्थापनको जिम्मा लिएको छ।गीतलाई युट्युब लगायत संसारभर ७० वटा डिजिटल प्लेटफर्म एकैपटक सार्वजनिक गरिएको एसियन म्युजिक कम्पनीका प्रमुख निर्देशक ईश्वर गुरुङले जानकारी दिनु भयो ।

पेसाले चिकित्सक रहेका डा.प्रकाश पौडेल विगत केही वर्षदेखि नेपाली सांगीतिक क्षेत्रमा सफल गीतकारको परिचय बनाइसकेका छन्।

प्रतिक्रिया