नेपालकै एक उदयमान अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा रू.१०० बोनस प्रदान गर्ने भएको छ।एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको हो।
यो बोनस अफर पहिलो पटक प्राईम बैंक अकाउन्ट खल्ती सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ।लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती प्थ्ऋ अनिवार्य भेरीफाइ गराएको हुनुपर्छ।त्यसै गरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ।
उक्त लिंक गरिएको प्राईम बैंक अकाउन्टबाट खल्तीमा निःशुल्क लोड गरी जुनसुकै बिलको भुक्तानी घरमै बसी केहि सेकेण्ड भित्रै जुनसुकै समयमा गर्न सकिन्छ ।साथै लिंक घरबाटै गर्न सम्भव छ।
यो योजना जुलाई १६ देखि ३१ तारीख सम्म खल्ती सँग प्राईम बैंक लिंक गर्ने जोकोहिलाई लागु हुन्छ।
उक्त अफर को सन्दर्भमा खल्ती डिजिटल वालेटका ब्राण्ड तथा मार्केटिंग प्रबन्धक,श्री शिरिष श्रेष्ठले बताउनुभयो “हामीले महामारीको समयमा घरबाटै सबै किसिमको बिल भुक्तानी डिजिटल माध्यम बाट गर्न प्रोत्साहित गराउन उक्त बोनस अफर ल्याएका हौँ।यस सेवा मार्फत ग्राहकवर्गले घरिघरि पैसा लोड गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन्। साथै लिंक गरिएको बैंकबाट खल्तीमार्फत अर्को बैंक मा केहि सेकेन्ड मै रकम ट्रान्सफर सकिने सुविधा भएको हुँदा हाल यो सेवा धेरैको रोजाइमा रहेको हामीले पाएका छौँ ”।
प्राईम बैंक अकाउन्ट खल्ती सँग कसरी लिंक गर्ने ?
● खल्तीको होम स्क्रिनमा देखाइएको “मोर” अप्सनमा गई लिंक बैंक अकाउन्ट मा ट्याप गर्ने
● उपलब्ध बैंकहरु मध्ये “प्राईम बैंक” सेलेक्ट गर्ने
● आवश्यक सबै विवरणहरु भरि “सब्मिट” बटनमा थिच्ने
● अब रजिस्टर गरिएको मोबाइल मा प्राप्त वान टाइम पासवर्ड (ओटिपी) दाखिला गरी खल्ती खातासँग आफ्नो प्राईम बैंक अकाउन्ट सफलतापूर्वक लिंक गर्न सकिन्छ ।
१७ लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाइ डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउदै आइरहेको छ।’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज,बिजुली,पानी,इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ।
थप जानकारीको लागि +९७७–९८०१३०११६१ मा पूर्ण कुमार राना लाई सम्पर्क वा [email protected] मा ईमेल गरि बुझ्न सकिन्छ ।
प्रतिक्रिया