विराटनगर,१ साउन।प्रदेश नं १ प्रादेशिक सञ्चार प्रतिष्ठानले कोभिड–१९ सङक्रमित भई गम्भीर अवस्थामा बिरामी भएका र मृत्यु भएका नौ जनाका पत्रकारका परिवारलाई रु दुई लाख ७५ हजार सहयोग प्रदान गरेको छ।
प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माका अनुसार सङक्रमित भई गम्भीर अवस्थामा अस्पताल भर्ना भई अक्सिजनको सहयोग लिई वा सघन उपचार कक्षमा उपचार गराएका पत्रकार वा उपचारको क्रममा मृत्यु भएका पत्रकारको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय बमोजिम उक्त्त सहयोग रकम उपलव्ध गराइएको हो।
प्रतिष्ठानले पाँचथरका मृतक पत्रकार एकराज भण्डारीको परिवार र सुनसरीका मृतक पत्रकार चन्द्र न्यौपानेको परिवारलाई रु ५०ः ५० हजार हस्तान्तरण गरेको छ।
यसैगरी सङ्क्रमित अस्पतालमा अक्सिजनको उपचार गराउनु भएका पत्रकारहरु ओखलढुङ्गाका दीपेन्द्र रुम्दाली र जुद्धबहादुर राई,भोजपुरका सुरेन्द्र राई, झापाका पर्वत पोर्तेल,इलामका बुद्धवीर राई, खोटाङका लोकमणि रिजाल र उदयपुरका हरिकुमार राईलाई जनही रु २५ः२५ हजार सहयोग रकम उपलव्ध गराइएको शर्माले बताउनु भयो।
प्रतिक्रिया