आइतबार, माघ ९ २०७८
काठमाडौं ०४:५६
वासिङटन डिसी 18:11

विस्कनसिनमा बुवाआमा हराए भनि खबर गर्ने व्यक्तिलाई बुवाको क्रुर हत्या गरेकोको आरोप सहित पक्राउ

इनेप्लिज २०७८ साउन १ गते १:२७ मा प्रकाशित

अमेरिकाको विस्कनसिन राज्यमा आफ्नै मातापिता हराए भनि खबर गर्ने व्यक्तिलाई पिताको क्रुर हत्या गरेकोमा आरोप सहित पक्राउ गरिएको छ । २३ बर्षिय चाण्डलर ह्याल्डरसनलाई आफ्नो बुबाको हत्या र विद्रोहको लागि गिरफ्तार गरिएको छ।

उनले गत जुलाई ७ मा आफ्ना अभिभावक हराए भनि रिपोर्ट(प्रतिवेदन)दिएका थिए ।

उनलाई जानी जानी हत्या गरेकोमा प्रथम श्रेणीको हत्याको आरोप लगाईएको छ । उनले बुवालाई गोली हानी शव लुकाएको आरोप पनि लगाइएको छ ।

ह्याल्डरसनलाई अपहरण गरिएको वा हराएको व्यक्तिको बारेमा गलत जानकारी प्रदान गर्ने, लाशलाई टुक्राउने र लास लुकाउने आरोप लगाइएको छ । उनलाई जुलाई १५ का दिन बिहिबार १० लाख डलर जमानत(धरौटी)राख्न भनि एबिसी न्यूजले समाचारमा उल्लेख गरेको छ ।

उनले जुलाई ७ का दिन आफ्ना बाबुआमा बार्ट ह्यालडरसन र क्रिस्टा ह्यालडरसन हराएको खबर गरेका थिए । तर प्रहरीलाई गलत जानकारी प्रदान गरेको कारण एक दिन पछि उनलाई पक्राउ गरिएको अनुसन्धानकर्ताले बताएका छन् ।

डेन काउन्टी शेरिफको कार्यालयले उनका ५० बर्षिय पिता बार्ट ह्याल्डरसनको शव जुलाई ८ का दिन फेला पारेका थिए । चिकित्सा परीक्षकले गत सोमबार बार्टको मृत्यु “बन्दुकको चोटपटक लगायतको हिंस्रक हिंसाबाट” भएको घोषणा गरेका थिए ।

एक साक्षीले उक्त इलाकामा गत जुलाई ३ का दिन चाण्डलररको विवरणसँग मिल्दो एक व्यक्तिलाई देखेर प्रहरीलाई खबर गरेका थिए ।

“यस क्षणमा हामी आशावादी छौं कि क्रिस्टा(आमा) अझै जीवित छिन र यो राम्रो कुरा हो ,” डेन काउन्टी शेरिफ काल्भिन ब्यारेटले बिहीबार भने।

प्रतिक्रिया