गायक केशव दाहालले भानु जयन्तीमा निकाले ‘भानु तिम्राे रामायणले मैले राम जाने’ बोलको भजन गीत

इनेप्लिज २०७८ असार ३१ गते २३:४८ मा प्रकाशित

अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका गायक केशव दाहालले भानु जयन्तीको शुभ अवसरमा ‘भानु तिम्राे रामायणले मैले राम जाने’ बोलको भजन गीत निकालेका छन् ।

भजन गीतको बोल भानु तिम्राे रामायणले मैले राम जाने’ राखिएको छ भने भजन स्वयम् गायक केशव दाहाल र बिनुषा राईले गायका छन ।

उक्त भजन गीतको शब्द धन लामाले गरेका छन् भने सङ्गीत केशव दाहालले दिएका छन् ।

भजनलाई व्यवस्थापन,मिश्रण तथा मास्टर चन्धु गोर्खालीले गरेका छन् ।

भजन गत जुलाई १२ ,२०२१ का दिन सार्वजनिक गरिएको थियो ।

 

प्रतिक्रिया