साउन ३ गते संसद् अधिवेशन आह्वानका लागि सरकारको सिफारिस

इनेप्लिज २०७८ असार ३१ गते २२:४९ मा प्रकाशित

काठमाडौँ :सरकारले साउन ३ गते प्रतिनिधि सभाको बैठक बोलाउन सिफारिस गरेको छ। शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएसँगै आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले साउन ३ गतेको दिउँसाे ४ बजेका लागि प्रतिनिधि सभा राष्ट्रिय सभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सर्वाेच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै साउन तीन गतेभित्र प्रतिनिधि सभाको बैठक बोलाउन पनि आदेश दिएको थियो।

त्यसैगरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी आयोगका पदाधिकारीको म्याद एक वर्ष थप गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया