नेपाल, दाहाल र विप्लवबीच सामूहिक भेटवार्ता

इनेप्लिज २०७८ असार ३१ गते ९:४८ मा प्रकाशित

काठमाडौं।पछिल्लो समय ओली सरकारलाई गिराउनका लागि बनाएको गठबन्धनमा नेत्र विक्रम चन्द विप्लव समूह समेत सक्रिय रुपमा देखा परेको छ।सर्वाेच्च अदालतले पाँच दलिय गठबन्धनकको रिटलाई सदर गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो।

देउवा प्रधानमन्त्री भएसँगै नेत्र विक्रम चन्द विप्लवको सक्रियता बढेको हो।बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका विप्लवले आज माधव कुमार नेपाल प्रचण्ड सहितका नेताहरुसँग सामूहिक भेटवार्ता गरेका छन् । नेपाल निवास कोटेश्वरमा भएको सामूहिक भेटवार्ताको उद्धेश्यबारे भने खुलाएको छैन।

ओली सरकारले प्रतिवन्ध गरेर तीन बुँदे सहमति गर्दै प्रतिबन्ध फुकुवा गरेको थियो।तर सहमति कार्याान्वयन नगरेको भन्दै विप्लव समूहले ओली सरकारलाई सहमति कार्यान्वय नगरे महंगो पर्ने चेतावनी दिएको थियो।पछिल्लो समय नेपाल, दाहाल र विप्लवबीचको भेटवार्ताले कालान्तरमा एकता गर्दे अघि बढ्ने बारे छलफल परामर्श भएको स्रोतले जनाएको छ।

प्रतिक्रिया