बुधबार, भदौ १ २०७९
काठमाडौं ०४:४३
वासिङटन डिसी 18:58

अमेरिकामा न्यूयोर्कको पत्रकारलाई अपहरण गर्ने योजना बनाउने ४ जना इरानी योजनाकारहरुलाई अभियोग

इनेप्लिज २०७८ असार ३० गते ११:२० मा प्रकाशित

अमेरिकामा न्यूयोर्कको पत्रकारलाई अपहरण गर्ने योजना बनाउने ४ जना इरानी योजनाकारहरु अभियोग लगाईएको छ । उक्त पत्रकार इरानको आलोचना गर्ने भएकोले उनलाई अमेरिकी माटो मै अपहरण गर्ने संदिग्ध योजनकारहरुलाई अभियोग लगाईएको न्याय विभागले जनाएको छ ।

विभागका आनुसार उक्त पत्रकार मानव अधिकारवादी तथा इरानको खैरो खन्ने पत्रकारलाई अपहरण गर्ने योजना बनाएकोमा अभियोग लगाईएको हो । गत जुलाई १३ का दिन न्याय विभागले उक्त कुरा खुलासा गरेको छ ।

रोयटर्सका अनुसार उक्त इरानी अमेरिकी पत्रकार मसिह अलिनेजड भएको पुष्टि गरेको छ । उक्त पत्रकार अमेरिकी सरकारद्वारा संचालित पर्सियन भाषामा संचालित भ्वाइस अफ अमेरिकन पर्सियन भाषा सेवामा कार्यरत छिन भने उनि मानव अधिकार सम्बन्धि मुद्धामा कलम चलाउछिन ।

रोयटर्सले उक्त बिषयमा जिज्ञाशा राख्दा निश्चित गरेको र यस बिषयमा कुनै प्रतिक्रिया दिन नमानेको जनाएको छ । रोयटर्सका अनुसार उनि एफबिआईको अनुसन्धानलाई सहयोग गरि रहेको बताएकी छिन ।

सरकारी वादीहरुका अनुसार चार इरानीहरूले झूटा बहानामा निजी अनुसन्धानकर्तालाई ब्रुकलिनमा पत्रकारको सर्वेक्षणमा राखेका थिए । र ,उनका परिवार र घरको अपहरण गर्ने षडयन्त्रको रूपमा उनको श्रब्य दृश्यमा तस्बिर खिचेका थिए भनेका छन् ।

ती चार जना अभियुक्तहरूले “उनीहरुलाई जबरजस्ती ईरान लैजान योजना बनाए थिए, जहाँ पीडितको भाग्य एकदमै अनिश्चित हुने थियो,” न्यू योर्कका अधिवक्ता अडे स्ट्राअसले भने।

प्रतिक्रिया