शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २२:१८
वासिङटन डिसी 12:33

अमेरिकामा १८ बर्ष माथीकाले ५८.९ प्रतिशत पूर्ण खोप लगाए, तथापी संक्रमण वृद्धि दर १०९ र मृत्यु दर १७ प्रतिशत वृद्धि

इनेप्लिज २०७८ असार ३० गते १०:४३ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट २५ हजार ६ सय ६१ जना संक्रमित भएका छन् । त्यस्तै कोरोना भाइरसबाट ३ सय ३० जनाको मृत्यु भएको छ । गत मंगलबार जुलाई १३ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १०९ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ७ हजार ३ सय ६९ जनाको निधन भएको छ भने दुई हप्तामा १७ प्रतिशतले मृत्यु दर घटेको छ ।

अमेरिकामा ५ लाख ६९ हजार ५९ जनाले कोरोनाको परीक्षण गराएका छन् भने जाँच गराउने दरमा १४ प्रतिशतले घटेको छ ।

हाल अमेरिकामा १९ हजार ७ सय जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुनेको दर १९ प्रतिशतले वृद्धि भएको छ । अहिले बुधबार बिहान सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३८ लाख ९३ हजार ७ सय ६७ रहेको छ ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४८.१ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५५.६ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ६७.७ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५८.९ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा हाल सम्म २ करोड ९३ लाख ४ हजार ४ सय ५१ जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८८.७ प्रतिशत र पूर्ण खोप ७९ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ३८ करोड ७२ लाख ४१ हजार ५ सय ३० खोप आपूर्ति गरि सकिएको छ भने कम्तीमा एक खुराक खोप लगाउनेको संख्या ३३ करोड ४९ लाख ४२ हजार २ सय ३६ पुगेको छ ।

अमेरिकामा कोरोना बिरुद्ध खोप कम लगाउने राज्यहरुका केहि भागहरु क्रसम अर्कन्सस,मिजौरी,टेक्सस र नेभादा राज्यहरुमा डेल्टा प्रजातीको कोरोना भाइरसको वृद्धि भएको तथ्यांकले देखाएको छ । उक्त राज्यमा खोप नलगाउनेहरु संक्रमित भएका छन् भने ३० देखि ४० बर्षका मानिसहरुलाई आक्रमण गरेको छ ।

मिजौरी राज्यमा अस्पताल भर्ना हुनेको संख्या र संक्रमण हुनेको संख्या निकै वृद्धि भएको छ ।

प्रतिक्रिया