शुक्रबार, भदौ ३ २०७९
काठमाडौं ११:४७
वासिङटन डिसी 02:02

बाल्टीमोरमा प्रहरी अधिकारीहरूले हत्याका संदिग्धलाई पक्रन खोज्दा २ प्रहरी माथि गोली प्रहार ,संदिग्धको मृत्यु

इनेप्लिज २०७८ असार ३० गते १:४० मा प्रकाशित

 

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टीमोरमा प्रहरी अधिकारीहरूले हत्याका संदिग्धलाई पक्रन खोज्दा २ प्रहरी माथि गोली प्रहार गरिएको छ ।

गोली लागेका प्रहरीहरुको अवस्था स्थिर रहेको छ भने उक्त गोलीबारीमा संदिग्धको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

बाल्टिमोरका दुई प्रहरीलाई जुलाई १३ का दिन मंगलबार बिहान गोली हानिएको थियो । बाल्टिमोर काउन्टीका प्रहरीका अनुसार उक्त घटना सवारी साधन अडान क्षेत्रमा बिहान ८ बजे पछि घटेको थियो ।

युएसमार्शलको क्यापिटल(सदन) क्षेत्रका लागि क्षेत्रीय फरार कार्य बलका दुई प्रहरी अधिकारीहरुलाई उक्त कार्यको लागि खटाइएको थियो । गत जुन १९ का दिन हत्या भएको सिलसिलामा उनीहरुले संदिग्ध जस्टिन पावेललाई खोजी गरि रहेका थिए ।

जब अधिकारीहरू पावेलको सवारी साधन (कार)को नजिक आए तव उनि बाहिर निस्के र गोली हान्न शुरू गरेको प्रहरीले बताए । त्यस पछि प्रहरीले उनलाई कैयौ गोली हानेका थिए भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया