अमेरिकी प्रथम महिला जील बाइडेनले ओलम्पिकमा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने
जापानमा हुने ओलम्पिकमा अमेरिकी प्रथम महिला जील बाइडेनले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भएकी छिन् । ह्वाइट हाउसले आगामी जुलाई २३ मा हुने उद्घाटन समारोहमा समेत सहभागी हुने गरी प्रथम महिला बाइडेन सहभागी हुने जनाएको छ ।
उद्घाटन समारोहमा अमेरिकी राष्ट्रपति जो बाइडेनको सहभागिताको अपेक्षा गरिएत अपनी कोरोनाभाइरसको कारण बाइडेन नजाने भएका छन् भने उनले प्रथम महिलालाई पठाउने भएका छन् ।
प्रतियोगिताको लागि २०५ देशका खेलाडी सहभागी हुने आयोजकले बताएका छन् ।
कोरोना संक्रमण अत्यधिक वृद्धि भएकोले व्यापक बिरोध भएता पनि दर्शक नभएता पनि प्रतियोगिताको आयोजना गरिने भएको छ । जापानमा बन्दाबन्दी पनि छ । सन् २०२० मा हुनुपर्ने ओलम्पिक प्रतियोगिता कोरोनाभाइरसको महामारीका कारण एक वर्ष पछि हुन् लागेको हो ।
ओलम्पिक प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता स्थलमा हाल आवत जावत खुल्ला गरि सकिएको छ । प्रतियोगिताको लागि बिदेशी तथा स्वदेशी पाहुना तथा खेलाडीहरु पुग्न थालेका छन् । उनीहरूलाई स्वागत गर्न थालिएको छ ।
आगामी जुलाई २३ मा सुरु हुने ओलम्पिक प्रतियोगिता अगस्ट ८ का दिन समापन हुनेछ ।
सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह
अमेरिकी संसद बिद्रोह पछि ट्रम्पको कट्टर बिरोधि रिपब्लिकनकी अमेरिकी सांसद लिज चेनीलाई ट्रम्पले प्राथमिक निर्वाचनमा हराए
अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू
बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत
प्रतिक्रिया