साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा गायक चिरञ्जीवी भण्डारीको स्वरमा रहेको गीत

इनेप्लिज २०७८ असार २९ गते २३:१५ मा प्रकाशित

”जब आफ्नाले तुच्छ वचन बोलेपछि कसको के नै लाग्छ र ?
जब दैव पनि रिसाएपछि कसको के नै लाग्छ र ”

बोलको मन छुने पीडादायी अत्यन्तै हृदय स्पर्सी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।मान्छेको जिन्दगीमा यदाकदा यस्ता घटना भैरहने कथा बस्तुलाई समेटेर गीतले मागे अनुसार सुहाउँदो कथा वस्तु समाबेश गरेर भिडियो तयार गरिएको छ।सार्वजनिक भिडियोमा सुभाष तिमिल्सिना,मन्जिला बुढाथोकी र सुरेन्द्र महर्जनको अभिनय रहेको छ।

सुभाष तिमिल्सिनाको निर्देशनमा केशव विश्वकर्माबाट छायांकन गरिएको उक्त भिडियोको एरेन्जर आशिष लामाको रहेको र संगीत चिरञ्जीवी भण्डारीको छ र मोहन सुनुवारको इडिटिङ्ग रहेको छ।

प्रतिक्रिया