दैनिक ठूलो संख्यामा युवाहरु पलायन हुँदे

वीरेन्द्र रावल २०७८ असार २९ गते २३:११ मा प्रकाशित

वीरेन्द्र रावल,धनगढी-असार २९÷सुदूरपश्चिम प्रदेशको प्रमुख सीमानाका गौरीफन्टामा भारत जाने नेपालीहरुको लर्को लाग्ने गरेको छ।भारतका विभिन्न शहरहरुमा कोरोना भाइरसको दोस्रो लहर फैलिएसंगै नेपाल भित्रिएकाहरु पुनः भारत जाने क्रम बढ्दै गएको हो।

भारतमा कोरोना संक्रमण घट्दै गएपछि नेपालीहरु रोपाइँ सकेर रोजगारीका लागि पुनःभारत जाने क्रम बढ्दै गएको छ।

सोमबार गौरीफन्टा नाकामा भारत जाने नेपालीहरुको भीड देखिन्थ्यो।उनीहरु तीन हजारदेखि तीन हजार पाँच सयको संख्यामा भारत जानका लागि गौरीफन्टा सीमानाकामा लाइनमा बसेका देखिन्थ्ये।

त्यस्तै लाइनमा भेटिएकी बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ४ ऋला घर भएकी धौली रावतले कोरोना संक्रमण घट्दै गएपछि रोजगारीका लागि भारतको चण्डीगढ जान लागेको बताउनु भयो।उहाँले भन्नुभयो—कोरोना महामारीले साँझविहानको हातमुख जोड्न समस्या भएपछि भारत जाँदैछु।

उहाँले घरमा बुढा आमाबुबा रहेको र साँझविहानको हातमुख जोड्न समस्या भएपछि आफू भारत जान बाध्य भएको दुखेसो पोख्नुभयो।उहाँले भन्नुभयो— बुबाआमाले ज्याला मजदुरी गरेर साँझबिहानको छाक टारिन्थ्यो।तर पछिल्लो समय कोरोनाले सबै काम खोसिदियो।कोरोनाले हामी जस्तो गरिखाने वर्गलाई छाक टार्नपनि समस्या बनाएको बताउँदै आफू भारत जान लागेको पीडा व्यक्त गर्नुभयो ।

सरकारले आफूहरुको लागि कुनै पनि किसिमका युवा लक्षित कार्यक्रम नल्याएको र नेपालमा रोजगारी नपाएपछि भारतको मुम्बई जान लागेको बताउँदै गोदावरी नगरपालिका वडा नम्बर ३ इट्टा भट्टी घर भएका शंखर तिखातरीले भारत जान मन नभई नभई पनि जान बाध्य भएको दुःख व्यक्त गर्नुभयो।उहाँले भन्नुभयो— घरमा तीन जना भाईबहिनी र आमा हुनुहुन्छ।भाईबहिनीलाई पढाउनको लागि म भारत जान लागेको हुँ।यदि सरकारले सीमान्तकृत समुदायका बालबालिकालाई पहुँचमा पुर्याउने खालका कार्यक्रमहरु ल्याएको भए नेपालमा केहि नभएपनि खेति किसानी गरेर बसिन्थ्यो।तर के गर्नु सरकारलाई हाम्रो वास्तानै छैन।जसले गर्दा भारत जान बाध्य भएको छु।

यी त उदारणका पात्र मात्र हुन्,यस्ता थुप्रै नेपाली युवाहरु छन।जो नेपालमा रोजगारी नपाउँदा भारतका विभिन्न शहरहरुमा जान बाध्य भएका छन।

पछिल्लो दुई सता यतादेखि गौरीफन्टा सीमानाकाबाट दैनिक तीन हजारी भन्दा बढीको संख्यामा भारत जाने गरेको विओपी त्रिनगरले जानकारी दिएको छ। अहिले नेपाल भित्रिने भन्दापनि भारत जानेको संख्या बढ्दै गएको छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया