कविता : मन मुटु जल्ने
मन मुटु जल्ने वियोगी माया
भो अब लाउँदिन
भएन सम्बन्ध रहेन साइनो
भो सफर धाउँदिन ! !
राखेको थिएँ बाँधेर चोखो
मायाको नछुटिने पारि गाठो
प्यासि भइ भैतारिएला भनि
मुटुमै रोपी किल्लो ! !
मन मुटु जल्ने वियोगी माया
भो अब लाउँदिन
भएन सम्बन्ध रहेन साइनो
भो सफर धाउँदिन ! !
थिएन होला गल्ती मेरो बिछोडै
हुनि त ! खोइ किन भयौ पर ?
जीवन्त हुन्छु साथमै भन्थ्यौ
बीचमै टुटायौ सफर! !
बुझेनौ तिमिले मायाको अर्थ
किन झूटो वाचा र कसम
बिछोडको छटपटि सहेर बाच्नु
यहि छ यहाँ जिउनुको मर्म ! !
मन मुटु जल्ने वियोगी माया
भो अब लाउदिन
भएन सम्बन्ध रहेन साइनो
भो सफर धाउँदिन ! !
खै सोच हो कि तिम्रो गलत
म भए गलत मिलेन मन
जीवन्त छुटन दिन्न भन्यौ साथ
बिच यात्रामै भाग्यौ किन ! !
खाएका थियौ बाचा र कसम
छोएर सन्तोषी माता
प्रेमको अर्थ बुझेको भए हुनि
थ्यो जोडि राम र सिता ! !
मन मुटु जल्ने वियोगी माया
भो अब लाउदिन
भएन सम्बन्ध रहेन साइनो
भो सफर धाउँदिन ! !
शारदा के. सि
काठमाडौं
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया