अनेसास न्यूह्मसायरले मनायो २०८औ भानु जयन्ती !

इनेप्लिज २०७८ असार २९ गते २२:३१ मा प्रकाशित

अनेसास न्यूह्यामसायरले यही जुलाइ १०,२०२१ मा २०८ औं भानु जयन्ती भव्य रूपमा मनाएको छ।आजीवन सदस्य कवयत्री तारा देवी आचार्यको सभापतित्वमा संपन्न उक्त कार्यक्रम,अनेसास बरिष्ठ उपाध्यक्ष गोवर्धन पूजाको प्रमुख आतिथ्यता र अनेसास पुरस्कार समिती सदस्य एवं एन आर एन अन्तराष्ट्रिय कमिटी संस्कृति तथा संपदा उप कमिटी सदस्य र संस्थाका प्रधान संपादक इश्वरी भट्ट साथै साहित्यकार डा.मधु माधुर्यको विशेष आतित्थ्यता रहेको थियो।आशन ग्रहण पश्चात भानु भक्तको फोटोमा माल्यार्पण र नेपाली राष्ट्रिय गान संस्थाकी सह कोषाध्यक्ष राधा थापा र श्रीयम रिमालले अमेरीकी राष्ट्रियगान गाउनु भएको थियो।

च्याप्टरका प्रधान संपादक इश्वरी भट्टले स्वागत मन्तव्य व्यक्त गर्नु हुदै अनेसास च्याप्टरले गरेका कामहरू बारे प्रकाश पार्दै कार्यक्रममा सहभागी सबैलाइ स्वागत गर्नु भएको थियो।पूर्व सचिव एवं साहित्यकार राम भण्डारीले भानु भक्तको वारेमा वृस्तित एवं अत्यन्त महत्वपूर्ण टिप्पणि गर्नु भएको थियो।कार्यक्रमका प्रमुख अतिथी बरिष्ट उपाध्यक्ष गोवर्धन पूजाले न्यूह्यामसायर च्याप्टरले गरेका कामहरूको प्रसंसा गर्दै ॲाफू विगत देखी सहभागि हुने गरेको एक उत्कृष्ट च्याप्टर र यो च्याप्टर नै पेण्डामिक पछि प्रथम स्थलगत भानु जयन्ती मनाउने च्याप्टर भन्दै ॲाफ्नो रचना वाचन गर्नु भएको थियो।त्यसैगरी कार्यक्रममा रचना वाचन तथा शुभकामना मन्तव्य राख्नु हुनेहरूमा प्रा डा रूद्र अर्याल,एन आर एन पूर्व अध्यक्ष शिव कुमार राइ,राम चन्द्र भण्डारी,इश्वरी भट्ट,वोस्टन च्याप्टर अध्यक्ष दीपा राइ पून,शुशील नेपाल,अनु शाह,तारादेवी न्यौपाने,श्रृजना दाहाल,हरी कुमारी गुरूड॰,राम भण्डारी ,डा.मधु माधुर्य हुनु हुन्थ्यो।कार्यक्रममा एन आर एन ए पूर्व च्याप्टर अध्यक्ष डम्बर कडरिया,वर्तमान अध्यक्ष कमल ढुंगाना,नेपाली समाजका अध्यक्ष सोम गुरूड॰,तमु समाज अध्यक्ष क्षत्र गुरूड॰,एन आर एन ए महिला कोर्डीनेटर सुन्दरी गुरुङ्ग,संरक्षक उमेश कोइराला,एभरेष्ट सेन्टेनियल लायन्स कल्ब उपाध्यक्ष शंभू गुरूड,बोस्टन लायन्स कल्ब अध्यज्ञ शुशील नेपाल,श्रीयम रिमालहरूको सहभागिता रहेको थियो।कार्यक्रम संस्थाकी महासचिव हरी कुमारी गुरूड॰ले रोचक ढंगबाट संचालन गर्नु भएको थियो।प्रधान संपादक इस्वरी भट्टले कार्यक्रममा पिपुल्स च्वाइस भोटीड॰ र त्यसको घोषणा एवं रोचक प्रश्नोत्तर कार्यक्रम गरी कार्यक्रमलाई रस भर्नु भएको थियो।अनेसास न्यूह्यामसायर पिपुल्स च्वाइस भोटमा महासचिव हरी कुमारी गुरूड॰ ले उच्च अंक प्राप्त गर्दै प्रथम हुनु भएको थियो भने उहॅालाइ प्रमुख अतिथी बरिष्ठ उपाध्यक्ष पूजाले प्रमाण पत्र एवं पुरस्कार प्रदान गर्नु भएको थियो।पुरस्कारबाट प्राप्त रकम महासचिव गुरूड॰ ले सँस्थालाई प्रदान गर्नु भएको थियो।अन्तमा कार्यक्रम सभापति तारा न्यौपानेले सवैलाइ धन्यबाद दिदै सभा समापन गर्नु भएको थियो।सो कार्यक्रममा संस्थाका पदाधिकारी एवं आजीवन सदस्यहरू शारदा भट्ट,मैया ढुंगाना,हरी कुमारी गुरूड॰,निगम रिमाल, राधा थापा,डम्बर कडरिया,रमा न्यौपानेहरूबाट मिठो परिकार वनाइ निशुल्क प्रदान गर्नु भएको थियो भने,हितमान गुरूड॰,सुन्दरी गुरूड॰,क्षत्र गुरूड॰,राम भण्डारी,इश्वरी भट्ट,भेषराज शर्मा,राधा थापा,लगायतका व्यक्तिहरूले समापन पश्चात सरसफाइ व्यवस्थापन भोलेन्टियरीड॰ गर्नु भएको थियो।

समाचार संपादन प्रधान संपादक – इश्वरी भट्ट ,न्यूहेम्पसायर

 

 

 

 

 

प्रतिक्रिया