सोमबार, साउन ३० २०७९
काठमाडौं १५:१५
वासिङटन डिसी 05:30

आज साँझ ५ बजे देउवाले प्रधानमन्त्रीको शपथ गर्दै

इनेप्लिज २०७८ असार २९ गते २:४७ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन्। राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ। शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए।

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो ।

यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन्,प्रधानमन्त्रीको रुपमा उनको यो पाँचौ पटक हो ।

प्रतिक्रिया