“अनेसास बालतारा” कार्यक्रमको दोस्रो शृंखला सम्पन्न

इनेप्लिज २०७८ असार २९ गते ०:५१ मा प्रकाशित

“अनेसास बालतारा” कार्यक्रमको दोस्रो शृंखला सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रवासका दोस्रो पुस्ताका बालबालिकालाई नेपाली भाषा र साहित्यमा सहभागी बनाउने उद्धेश्यले गत महिना देखी शुरु गरिएको “अनेसास बालतारा” कार्यक्रमको दोस्रो शृंखलाको गत आइतबार जुलाई ११ मा सम्पन्न भएको छ ।

प्रवासका बालबालिकाको सिर्जना र संवादलाई बालबालिकासम्म पुर्याउने र बालबालिका सहभागिता नै उनीहरूको प्रेरणा बनोस् भन्ने चाहना अनुरुप प्रारम्भ गरिएको उक्त अनलाइन कार्यक्रम हाललाई मासिक रुपमा सञ्चालन गरिएको छ ।

प्रत्येक महिना पाँचजना बालबालिकाका साथ एक् बाल साहित्यकार समेट्ने योजना रहेको कुरा सञ्चालिका अनेसासको केन्द्रीय सचिव तथा बाल साहित्यकार विमला निरौलाले बताउनु भयो । ईनेप्लिजबाट प्रत्क्षय प्रसारण गरेको उक्त कार्क्रमको बारेमा संसार भरीका दर्शकहरुले दोस्रो पुस्ताको सहभागीता रहेको यस कार्यक्रमले प्रवासका बालबालिकामा निकै सकारात्मक योगदान रहने पृष्ठपोषण (फिडब्याक ) पाईएको छ ।

उक्त दोस्रो कार्यक्रमको शुरुमा मनासस भर्जिनियाकी सानी बालिका गरिमा तिम्सिनाको राष्ट्रिय गानबाट शुरु भएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका उपाद्यक्ष राजेन्द्र श्रेष्ठ , अनेसास बोर्डअफ ट्रस्टीका उपसभापति पदम विश्वकर्मा र अनेसास बोर्डअफ ट्रस्टीका उपसभापति पुरु सुबेदीले शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा मेरील्याण्ड बाट प्रिया सुबेदी, जापान टोकियो बाट अबिनभ गिरी, न्यूयोर्क अलवानी बाट पुर्णिमा जि सी, स्पेनबाट लिदिया भुसाल, पेर्चुगल बाट मानश्वी खराल समेत पाँचै जनाले मिठा मिठा दुई दुई कबिता बाचन र मिठो संवाद गरेका थिए ।

बिशेष पाहुनाको रुपमा लमजुंग नेपालको भोर्लेटार बाट जोडिनु भएको बाल साहित्यकार रमेशचन्द्र घिमिरेले बाल प्रतिभाको बारेमा धारणा राख्दै आफ्ना मिठा दुई बाल सिर्जना सुनाउनु भएको थियो ।

अरु बाल सहभागीतामा मनासस भर्जिनिया निवासी वर्ष ९ का साना बालक आभाष अर्यालले भानुभक्तको बारेमा छोटो चिनारी पढेर सुनाएका थिए । असार महिनाको महत्वको बारेमा छोटो विचार मनासस भर्जिनिया कै अर्का बालक बिश्वेस दुंगानाले राखेका थिए ।

बालबालिकालाई सिर्जनाका साथ एक अर्कासंग परिचित हुनु र सामाजिक ज्ञान समेतमा सहभागी हुनु पाएकोमा बालबालीकाहरु हर्सित देखिन्थे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रवासका दोस्रो पुस्ताका बालबालिकाको लागी संचालनमा ल्याएको बाल तारा कार्यक्रमलाई हार्दिक बधाई छ ।

कार्यक्रम संचालन विमला निरौलाले गर्नु भएको थियो ।

प्रतिक्रिया