शुक्रबार, माघ १४ २०७८
काठमाडौं ०९:०१
वासिङटन डिसी 22:16

अमेरीकाबाट आविष्कार केन्द्रलाई आर्थिक सहयोग

सुरेश चाम्लिङ्ग २०७८ असार २८ गते २३:४९ मा प्रकाशित

हाल अमेरिका भ्रमणमा रहनु भएको राष्ट्रिय आविस्कार केन्द्रका निर्देशक महाबीर पुनलाई अमेरिकामा रहनु भएको नेपालीहरूबाट आर्थिक सहयोग र राहत सामग्री प्रदान गरिएको छ ।

उक्त आर्थिक सहयोग विशेष गरेर नेपालमा कोरोना पिडितहरुको सहयोग लाई मध्य नजर गरेर संकलन गरिएको युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष मुना राईले बताउनु भएको छ ।

बिभिन्न संघ संस्था र व्यक्ति गत रुपमा रकम संकलन गरिएको भएता पनी अर्गनाइजेसनको युवा अमेरिकन सेनामा कार्यरत सुप्रेम राईले गो फण्ड बाट २०२१ डलर र युनिभर्सिटीमा अध्ययनरत अर्गनाइजेसनका युवती अमृता कुथुमिले मम बनाएर बिक्रि गरी उक्त रकमबाट आएको रकम नेपाल पठाइएको कुरा अर्गनाइजेसनका न्युयोर्क च्याप्टर सभापति केशव राम राईबाट थाहा भएको छ ।

ग्रेटर न्यु योर्क नेपाली टिम भनेर आयोजना गरिएको एक कार्यक्रम मै विभिन्न व्यक्ती र संघ संस्थाबाट लगभग ६५ हजार डलर उठेको छ ।

महाबिर पुन उहाको गुरुको निधनमा शोक सभामा सहभागी हुन अमेरीका भ्रमणमा आउनु भएको बेला २५ भन्दा बढी राज्यहरूमा लगभग ५० भन्दा बढी कार्यक्रममा सहभागी हुनु भएको र त्यसमा ३ करोड डलर बराबरको रकम र ३ करोड डलर भन्दा बढीको सहायता सामग्रीहरु संकलन गरिएको थाहा भएको छ  ।

सुरेश चाम्लिङ्ग
न्यु हेम्प्शायर बाट

प्रतिक्रिया