बिहीबार, भदौ २ २०७९
काठमाडौं १५:५३
वासिङटन डिसी 06:08

शिकागोमा कारागारबाट छुटेका एक व्यक्ति माथि ६४ गोली टाउको र शरीरमा प्रहार गर्दा मृत्यु

इनेप्लिज २०७८ असार २८ गते २२:५५ मा प्रकाशित

अमेरिको इलोनोइज राज्यको शिकागो शहरको कुक काउन्टी कारागारबाट छुटेका एक व्यक्ति माथि ६४ गोली टाउको र शरीरमा प्रहार गर्दा मृत्यु भएको छ ।

प्रहरीका अनुसार कैद मुक्त हुने बित्तिकै उनलाई धरापमा पारिएको प्रहरीले जनाएका छन् । ३१ बर्षिय लोंड्रे सिल्भस्टर नामक उक्त व्यक्तिको निधन अस्पतालमा भएको छ । उक्त घटना गत शनिबार राती भएको हो ।

प्रहरीले वक्तब्य अनुसार सिल्भस्टरलाई बिधुतिय अनुश्रवण(इलेक्ट्रोनिक मोनीटोरिङ्ग)जडान गरे पछि उनि सवारी साधन पर्खि रहेका थिए । त्यसै समयमा दुई सवारी साधनमा संदिग्धहरु आई गोली हानेका थिए ।

प्रहरीका अनुसार संदिग्धहरु ल्याएको सवारी साधनमा बसेर फरार रहेको बताए । सिल्भस्टरको साथमा रहेकी ६० बर्षिय एक महिलालाई पनि घुंडामा गोली लागेको कारण अस्पताल भर्ना गरिएको छ । प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन ।

त्यसै गरि ३० बर्षिय महिलालाई पनि हल्का घाउ भएको छ भनि एबीसी न्युजले समाचारमा जनाएको छ ।

 

प्रतिक्रिया