तल्लैपिच्छे ताला,कसरी अर्धनग्न अवस्थामा २५ बर्षे युवतीको शब भेटियो (भिडियोसहित)

इनेप्लिज २०७८ असार २८ गते २२:३२ मा प्रकाशित

बिर्तामोड।झापाको बिर्तामोडमा आज बिहान आफ्नै डेरा अगाडि अर्धनग्न अवस्थामा शव फेला परेकी युवतीको घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिएको छ।

युवतीको रहस्यमय मृत्यू भएका कारण कुकुरबाट घटनाबारे थप अनुसन्धानका लागि झापा प्रहरीले कुकुर मगाएर अनुसन्धान गरिएको हो।कुकुर सँगै चिकित्सकले घटनास्थलको अध्ययन गरेका छन्।

बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तर बिर्तामोड–५ मा आफन्तसँग डेरा बस्दै आएकी २५ वर्षीया सृजना बस्नेतको शव अर्धनग्न अवस्थामा फेला परेको हो।

परिवारका अनुसार उनी राती आफ्नो कोठामा सुतेकी थिइन्।चार तले घरको माथिल्लो तलामा बस्ने ती युवतीको शरिरमा भित्रि कपडा मात्रै छ।पेन्टी घोँडामा देखिएको प्रत्यक्षदर्शीले बताएका छन्।बस्नेत सुतेको कोठा बाहिरबाट चावी लगाइएको छ,युवती त्यै कोठको मुनी फेला परेकी छन्।सो घरको चारै तलामा तलैपिच्छे चावी लगाइएको र सबैभन्दा मुनीको मुख्य गेटमा समेत भित्रैबाट चावी लगाएको बुझिएको छ।सहकारीमा संकलकको रुपमा कार्यरत बस्नेतको शव हेर्दा रहस्यमय पाइएको छ।

आफु सुत्ने कोठबाट हाम्फलिन भन्दा उनको शरिरमा कसरी चोट लाग्यो र अर्धनग्न कसरी भइन् र फेरि सबैतिरबाट चावी लगाउँदा घरमा को–कसरी प्रवेश गर्यो ?

प्रतिक्रिया