सोमबार, माघ १० २०७८
काठमाडौं ०४:०२
वासिङटन डिसी 17:17

एफडीएद्वारा जोन्सन एण्ड जोन्सनको खोपमा दुर्लभ स्व-प्रतिरक्षित लक्षण सम्बन्धित नयाँ चेतावनी

इनेप्लिज २०७८ असार २८ गते २२:१६ मा प्रकाशित

अमेरिकी खाद्य तथा औषधि प्रशासन( एफडीए)ले जोन्सन एण्ड जोन्सनको कोरोना भाइरस बिरुद्धको खोपमा दुर्लभ स्व-प्रतिरक्षित (अटो इम्युनो)लक्षण सम्बन्धित नयाँ चेतावनीको घोषणा थप गरेको छ ।

एफडिएले सोमबार उक्त नयाँ थप लक्षण फेला पारेकोले चेतावनीको घोषणा गरेको हो । खोपमा दुर्लभ गम्भीर असर भएको बताएको छ । जसको कारण प्रतिरक्षा प्रणालीले स्नायुहरूमा आक्रमण गर्दछ भनि जनाएको छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सिडिसी )को वक्तव्य अनुसार संयुक्त राज्य अमेरिकामा जोन्सन एण्ड जोन्सन नामक ओखती अनुसन्धान तथा निर्माण गर्ने प्रतिष्ठानको १२.८ मिलियन अर्थात् १ करोड २० लाख खुराक(डोज) भन्दा ज्यादा मानिसले खोप लिई सकेका छन् । खोप लिनेहरुमा करिव १ सय भन्दा ज्यादा प्रतिवेदनमा गियन बार पत्ता लागेको जनाएको छ ।

यी प्रतिवेदन मध्ये ९५ जना गम्भीर भएका थिए भने उनीहरुलाई अस्पताल भर्ना आवश्यक परेको थियो भनि एफडीएको विज्ञप्तिमा भनिएको छ। जसको कारण एक जनाको मृत्यु थियो। मृत्युको बारेमा विवरण भने सार्वजनिक गरेका छैनन ।

यी समस्याहरु खोप लगाएको दुई हप्ता पछि प्रायः प्रतिवेदन (रिपोर्ट गरिएको )छ । जस्मा धेरै जसो पुरुषहरुमा भएको र उनीहरूको उमेर ५० बर्ष या त्यो भन्दा र धेरै उमेरमा देखिएको सिडीसीले जनाएको समाचार वाशिंगटन पोस्टले लेखेको छ ।

धेरै व्यक्ति पूर्णतया गियानबार बाट निको हुन्छन्। जोन्सन एडन जोन्सनको खोप एक पटक मात्र लगाउनु पर्ने छ । अमेरिकामा प्रारम्भिक चरणमा यो खोप लगाउन प्रतिक्षा सम्म गरेका थिए किनभने केवल एक पटक भए मात्र हुनाले यसको माग रहेको थियो ।

 

प्रतिक्रिया