बुधबार, माघ १२ २०७८
काठमाडौं ०१:२९
वासिङटन डिसी 14:44

अमेरिकामा कोरोना संक्रमण पुन :आकाशिदै,दुई हप्तामा औसतमा ६० प्रतिशतको वृद्धि

मृत्यु दर २७ प्रतिशतको कमि

इनेप्लिज २०७८ असार २८ गते ११:०८ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १९ हजार ३२ जना संक्रमित भएका छन् । त्यस्तै कोरोना भाइरसबाट २ सय २३ जनाको मृत्यु भएको छ । गत आइतबार जुलाई ११ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा ६० प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ६ हजार ३ सय १६ जनाको निधन भएको छ भने दुई हप्तामा २७ प्रतिशतले मृत्यु दर घटेको छ ।

अमेरिकामा ५ लाख ६९ हजार ५९ जनाले कोरोनाको परीक्षण गराएका छन् भने जाँच गराउने दरमा १४ प्रतिशतले घटेको छ ।

हाल अमेरिकामा १८ हजार ५ सय २९ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुनेको दर ११ प्रतिशतले वृद्धि भएको छ । अहिले सोमबार बिहान सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३८ लाख १८ हजार ३ सय १ रहेको छ । अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४८ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५५.५ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ६७.६ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५८.८ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा हाल सम्म २ करोड ९२ लाख ४४ हजार १ सय ३ जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८८.७ प्रतिशत र पूर्ण खोप ७९ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ३८ करोड ७० लाख ६ हजार १ सय २० खोप आपूर्ति गरि सकिएको छ भने कम्तीमा एक खुराक खोप लगाउनेको संख्या ३३ करोड ४१ लाख ५१ हजार ६ सय ४८ पुगेको छ ।

अमेरिकामा कोरोना बिरुद्ध खोप कम लगाउने राज्यहरु क्रसम अर्कन्सस,मिजौरी,टेक्सस र नेभादा राज्यहरुमा डेल्टा प्रजातीको कोरोना भाइरसको वृद्धि भएको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया