शुक्रबार, भदौ ३ २०७९
काठमाडौं १०:३५
वासिङटन डिसी 00:50

स्वर्गीय आमाको स्मरणमा विद्यालयलाई एक लाख पचास हजार सहयोग प्रदान

इनेप्लिज २०७८ असार २८ गते १०:४४ मा प्रकाशित

अमेरिकामा बसोबास गर्नु हुने समाजसेवी मनकारी दम्पती द्वय ईन्द्र थापा तथा सवी थापाले स्वर्गीय आमा भिम कुमारी थापाको १६औं बार्षिक पुण्य तिथिको स्मरणमा कमलबजार मुली अछाम स्थित श्री कालिका आधारभूत विद्यालयको दान सहयोग बाट निर्माणाधीन दुई कोठे पक्की भवनका लागि रु १,५०,०००/- सहयोग रकम प्रदान गर्नु भएको जानकारी विद्यालयका प्रधानाध्यापक देवेन्द्र सञ्ज्यालले दिनु भएको छ।

विगत लामो समयदेखि नेपाल र नेपालीको हरेक दुःख कष्टमा सहयोग गर्दै आउनुभएको वहाँले आफ्नै कमाइबाट नेपाल र नेपालीको हरेक दुःख कष्टमा सहयोग गर्दै आउनु भएको छ।

विद्यालयमा आयोजित एक कार्यक्रम बिच सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवरले सो सहयोग रकम हस्तान्तरण गर्नु भएको छ।सोही कार्यक्रममा विद्यालयले सहयोगी दम्पती द्वय र अभियन्ता कुँवरलाई सम्मान पत्र एवम प्रशंसा पत्र प्रदान गरिएको छ।

प्रतिक्रिया