चुम कति दिन चुम्छौ
बैँसालु यी ओठहरू
पिउनु मादकताले भरिएको छ
पुष्ट मेरो नितम्ब
यिनै संस्कारका डोरीले बॅाधीबॅाधी भोग्नु
तिम्रा रहरहरूसॅगै रमाई रमाई भोग्नु
तयार छु भोगिन प्रत्येक पलपल
गएर प्रत्येक रात यौनको सती
सिउॅदोलाई कोरिदिएको छ पहिल्यै
समाजमा मेरो चार किल्ले घेरा
कहिल्यै नकाटिने लक्ष्मणरेखा
संस्कारे दाल्मोमा बॅाधिएर
हमेशा विबश छु त्यहॅी घुम्न
भोगेको छु चाही नचाही
तिम्रै चैनको एकलौटी कोठीभित्र
बनेर यौनदासी युगौंयुगभरि
लगाऊ प्रत्येक झ्यालका चुकुल
बन्द गर तिम्रो लाजको ढोका
उघार आफ्नो सक्कली चेहरा
अनी !
उठाऊ प्रत्येक क्षणको आनन्द
रड्गीन छन् तिम्रा ती प्रत्येक रातहरू
तिम्रै आनन्दको लागी ढाकिएका छौं
प्रत्येक धर्तीको आधा निहारिका
तिम्रो शृड्गारको प्रतीक म
तिम्रो यौनयौवनको प्रतीक म
तिम्रो धनगौरवको प्रतीक म
तिम्रो शानशक्तिको प्रतीक म
वाह ! क्या गजब छन् मेरा ती प्रतीकहरू
कति दम्पिएका छन् मेरा इच्छा
कति पचाएको छु मैले अपमान
तैपनि फुलिरहेको छु
तिम्रै चाहनाको फूल बनेर
तिम्रै चौघेराको गमलाभित्र
बनेर गुलाब,चमेली र सुनगाभा
ज्वालामुखीझैं उठेको यौवन
सम्हाल जतनले धैर्य भई सम्हाल
कॅाचको प्याला लगाउॅदा ओठमा
होस गर विष पनि हुन सक्छु म
नहडबडाऊ बिस्तारै ….बिस्तारै
मस्तसॅग भोग ….
मानेको छु तिमीलाई महादेव
हे महादेव !
हानेर लात मेरो यो ओठमा
युगौंदेखी च्यातेर मेरो यो पाठेघर
कति दिन भोग्छौ मेरो यो योनी ?
कति दिन चुस्छौ मेरो यो नितम्ब ?
कति दिन मुसार्छौ मेरो यो कम्मर ?
कति दिन बनाउॅछौ मलाई यो ओछ्यान्?
सहें महादेव मैले चारै युग सहें
गुलाबकै फूल बनेर सहे
कॅाडा बीचमा पनि त फक्रिकहे
अब त !
च्यातिदिन्छु यी धुपौरे संस्कार
फालिदिन्छु यो घुम्टो र सिन्दुर
फुटाईदिन्छु यी चुरा र पोते
तोडिदिन्छु सबै लाज र मान्यता
रगताम्मे बनी कति दिन सहॅु
कति युग फुलाऊॅ यो अन्यायभित्र सपना
आजैबाट बाल्छु म यातनाको रॅाको
जलाईदिन्छु प्रत्येक युगका विभेदी संस्कार
विस्फोटन गर्छु युगौंदेखिका चोटहरू
तोडिदिन्छु ती हुकुमी आदेशहरू
फुटाइदिन्छु शिवलिड्ग पनि
चुडाइदिन्छु धर्मका जन्जिरहरू
बनेको छु म अहिले घाइते बघिनी
बन्न स्वतन्त्र युगौंयुगसम्म
बिकास थापा
पेन्सलभेनिया , अमेरिका
प्रतिक्रिया