प्रदेश प्रमुख अधिकारी–रासस प्रमुख सदरुलाई पत्रकारिता पुरस्कार प्रदान

मनोज दाहाल २०७८ असार २७ गते १२:५८ मा प्रकाशित

मनोज दाहाल,विराटनगर,२७ असार (रासस):सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले राष्ट्रिय समाचार समिति प्रदेश नं १ का प्रम्ख मोहम्मद सदरुल सहित छ जना पत्रकारलाई आज पत्रकारिता पुरस्कार एवं एवं सम्मान गरेको छ।

सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि को दशौं स्थापना दिवसको उपलक्ष्यमा राससका प्रदेश प्रमुख सदरुल,अनन्तराज न्यौपाने,मीनकुमार श्रेष्ठ,तारा आचार्य, राजकुमारी तामाङ र एलिना दियालीलाई सम्मान गरेको हो।

मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी–२०७७ पुरस्कारबाट प्रम्ख सदरुललाई र २०७८ सालको आचार्यलाई प्रदान गर्ने भएको छ।

नेपाल पत्रकार महासंघ मोरङका पूर्व सभापति दीपक दाहाल सहित दाहाल परिवारद्वारा स्थापित मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार मोरङ जिल्लामा कार्यक्षेत्र भएका सञ्चार श्रमजीवी भई उत्कृष्ट कार्य गर्ने एक जनालाई प्रत्येक वर्ष नगदसहित सम्मान गरिने र यस पुरस्कारको राशि रु २१ हजार रहेको छ।

यस्तै ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार न्यौपाने र श्रेष्ठलाई प्रदान गरिएको छ।समाजसेवी दीनवन्धु गोयलले आफ्ना दाजुको नाममा रु ५० हजारको पुरस्कार स्थापना गर्नु भएको हो।

यस्तै रासस विराटनगरकी पूर्व समाचारदाता मीना श्रेष्ठ महिला पत्रकर प्रोत्साहन पुरस्कारबाट २०७७ सालका लागि तामाङ र २०७८ सालका लागि दियालीलाई प्रदान गरिएको छ।उक्त पुरस्कारको राशि नगद रु १० हजार रहेको छ।श्रेष्ठ महिला पत्रकारिता पुरस्कार प्रदेश १ मा बसी कार्य गरिरहेका महिला पत्रकारलाई मात्र प्रदान गरिन्छ।आगामी बर्षदेखि उक्त्त पुरस्कारको राशी रु २१ हजार प्रदान गर्ने श्रेष्ठका छारो सुनिल श्रेष्ठ समारोहमा जानकारी दिनु भयो।

प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पुरस्कार वितरण गर्दै समाजमा पछाडि परेका जनताको उत्थान एवं उनीहरुलाई समाजको मूलधारमा ल्याउन पत्रकारले महत्वपूर्ण योगदान पुर्याउनु पर्ने बताउनु भयो।

उहाँले सञ्चारकर्मी आलोचना एवं दुःखको साथीहुने कार्यमा महत्वपूर्ण योगदान रहन्छ भन्दै मर्यादा पालना एवं सदाचार कायमलाई सदैव पालना गर्न आग्रह गर्नु भयो।

प्रदेश प्रमुख अधिकारीले पुरस्कार प्राप्तबाट राज्य एवं समाजप्रति थप जिम्मेवारीका साथ सत्य र तथ्यका साथ समाचार पस्कनु पर्ने बताउनु भयो।

उहाँले कोरोना महामारी दोस्रो लहर एवं वाढी पहिरोको यस समयमा हामी सम्पूर्ण नागरिकको दुःख,समस्यामा साथ र सहयोगका साथी बन्नु पर्नेमा जोड दिनु भयो।

प्रदेश प्रमुख अधिकारीले सहकारी मुलुकको आर्थिक मापदण्ड कायम गर्दछ भन्दै अन्य जिल्लालाई यसले मार्गदर्शन कायम गर्ने विश्वास व्यक्त्त गर्नु भयो।

आर्थिक पुरस्कार स्थापनाकर्ता दीनबन्धु गोयलले आगामी दिनमा ‘प्रदेशस्तरीय पत्रकारिता पुरस्कार’स्थापनामा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।

सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष मोहन भण्डारी,पुरस्कार व्यक्तित्वद्वय एवं नेपाल पत्रकार महासङ्घ मोरङका उपाध्यक्ष तारा आचार्य, अनन्त न्यौपाने,नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे ,पुरस्कार स्थापनाकर्ता दीपक दाहाल,सहकारीका सचिव महाप्रसाद खतिवडाले पुरस्कारबाट पत्रकारहरुलाई आफ्नो कार्यमा थप हौसला एवं प्रेरणा प्राप्त हुने विश्वास व्यक्त्त गर्नु भयो।

 

मनोज दाहाल

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया