शुक्रबार, भदौ ३ २०७९
काठमाडौं ११:३५
वासिङटन डिसी 01:50

डिसीमा भएको गोलीकाण्डमा दुई मध्ये एक मेरिल्याण्ड निवासीको मृत्यु

इनेप्लिज २०७८ असार २७ गते ११:४३ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा भएको गोलीकाण्डमा दुई मध्ये एक जनाको मेरिल्याण्ड निवासीको मृत्यु भएको छ । डिसीमा यो संगै हत्या भएको कुल १०० पुगेको डिसी महानगर प्रहरीले जनाएको छ ।

गत शुक्रबार डिसीको दक्षिणपूर्व स्थित फोर्ट डेविस स्थानमा गोली हान्दा उनको निधन भएको हो । राती ११ बजे प्रहरीहरु त्यहाँ पुग्दा दुई जनालाई घाइते अवस्थामा फेला पारेका थिए ।

मृतक ४५ बर्षिय मेरिल्याण्ड राज्यको सिल्भर स्प्रिंग निवासीलाई बेहोस र कुनै हलचल बिना पाइएको थियो । उनलाई डिसीको अग्नि नियन्त्रण तथा आकस्मिक चिकित्सा सेवाले केही उपचार गरे पनि कुनै पनि स्वास प्रश्वासको संकेत नदेखिएकोले चिकित्सा केन्द्रमा स्थानतरण गरिएको थियो ।

प्रहरीका अनुसार अर्का ब्यक्तिलाई गोली लागे पछि अस्पताल भर्ना गरिएको छ भने उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् । केही समय पछि अर्का तेश्रो व्यक्ति पनि उपचारको लागि अस्पताल पुगेका थिए भने उनको पनि अवस्था कुनै जोखिम नरहेको समाचार एनबिसी४ ले लेखेको छ ।

तस्बिर कृतज्ञता :डिसी रियल टाइम न्युज

प्रतिक्रिया