बिहीबार, भदौ २ २०७९
काठमाडौं १६:३८
वासिङटन डिसी 06:53

अमेरिकामा ३३ करोड ३५ लाखलाई कोरोना बिरुद्ध खोप ,पुन कोरोना संक्रमण आकाशिदै

खोप कम लगाएका राज्यहरु अर्कन्सस,मिजौरी,टेक्सस र नेभादा राज्यहरुमा डेल्टा प्रजातीको कोरोना वृद्धि

इनेप्लिज २०७८ असार २७ गते ११:०५ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १८ हजार ८ सय २९ जना संक्रमित भएका छन् । त्यस्तै कोरोना भाइरसबाट २ सय २५ जनाको मृत्यु भएको छ । गत शनिबार जुलाई १० का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा ५९ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ६ हजार २ सय ८९ जनाको निधन भएको छ भने दुई हप्तामा २७ प्रतिशतले मृत्यु दर घटेको छ ।

हाल अमेरिकामा १७ हजार ६ सय ४९ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुनेको दर ५ प्रतिशतले वृद्धि भएको छ ।

अहिले आइतबार बिहान सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३८ लाख १३ हजार ३ सय ९२ रहेको छ ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४७.९ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५५.४ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ६७.५ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५८.७ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा हाल सम्म २ करोड ९२ लाख ३४ हजार ९ सय ३० जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८८.७ प्रतिशत र पूर्ण खोप ७९ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ३८ करोड ६९ लाख ८५ हजार ४ सय २० खोप आपूर्ति गरि सकिएको छ भने कम्तीमा एक खुराक खोप लगाउनेको संख्या ३३ करोड ३५ लाख ६५ हजार ४ सय ४ पुगेको छ ।

अमेरिकामा कोरोना बिरुद्ध खोप कम लगाउने राज्यहरु क्रसम अर्कन्सस,मिजौरी,टेक्सस र नेभादा राज्यहरुमा डेल्टा प्रजातीको कोरोना भाइरसको वृद्धि भएको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया