बिहीबार, भदौ २ २०७९
काठमाडौं १६:१२
वासिङटन डिसी 06:27

अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्स संघको चौथो बार्षिक सम्मेलन अगष्ट १४-१५ हुने

इनेप्लिज २०७८ असार २७ गते १:०२ मा प्रकाशित

अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्स संघको चौथो बार्षिक सम्मेलन अगष्ट १४-१५ हुने भएको छ । बैठक भौतिक रुपमा उपस्थिति नभई परोक्ष अर्थात् भर्चुअल प्रबिधिको माध्यमबाट हुने भएको संस्थाले जनाएको छ ।

संस्थाले एक छापा विज्ञप्ति जारी गर्दै Fostering Technology Development For Shared Benefits” भन्ने नाराका साथ सम्मलेन गर्ने भएको जनाएको छ ।

बिस्तृत जानकारी सहित छापा विज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तै :

अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्स (ASNEngr) ले “Fostering Technology Development For Shared Benefits” भन्ने नाराका साथ भर्चुअल प्रबिधिको माध्यमबाट अगष्ट १४-१५, २०२१ मा सोसाइटीको चौधौ वार्षिक इन्जीनियरिङ्ग सम्मेलन गर्न गइरहेको छ ।

उक्त दुई दिवसीय कार्यक्रममा इन्जिनीयरहरु, वैज्ञानिकहरु, सूचना प्रविधिका विशेषज्ञहरु तथा अन्य सम्बन्धित पेशाकर्मीहरुलाई एकै स्थानमा ल्याएर उनीहरुका ज्ञान र अनुभव आदानप्रदान गर्ने प्राविधिक सत्रहरु रहनेछन्।

यस सम्मेलनले नेपाली सहकर्मीहरु तथा नेपालका मित्रहरु बीच सन्जाल स्थापना गर्ने र सामाजिकीकरण (Socialization) गर्ने अवसर पनि उपलब्ध गराउनेछ। यसका अरितिक्त प्राज्ञिक जगत, उद्योग व्यवसाय तथा नेपाल र अमेरिकाका सरकारी निकायका विषिष्ठ अतिथिहरुलाई समेत् सम्मेलनमा आमन्त्रण गरिएको छ।

अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्स (ASNEngr) IRS 501(c)(3) कर छुट हैसियतमा स्थापना गरिएको नाफारहित संस्था हो, जसको उद्देश्य इन्जिनीयरिङ्ग तथा तत् सम्बन्धी वैज्ञानिक र प्राविधिक क्षेत्रमा कृयाशील नेपालीहरुलाई नजिक हुन, विचार आदानप्रदान गर्न, र एक अर्कालाई सहयोग र समर्थन गर्न तथा उनीहरुको र संस्थाको साझा हित प्राप्त गर्न एउटा चौतारी उपलब्ध गराउनु हो ।

सोसाइटीले नेपालमा इन्जिनीयरिङ्ग र प्राविधिक प्रगतिको प्रबर्धन गर्न पनि प्रयास गर्दछ । हामीले सन्चालन गरिरहेका केही कामका उदाहरण यस प्रकार छन्: नेपालका हरेक विश्वविद्यालयका इन्जिनीयरिङ्ग छात्रछात्राहरुलाई उत्कृष्ठ पुरस्कारको व्यवस्था (Merit Awards), अनुसन्धान र विकास अनुदान (Research and Development Grant), शोधवृत्ति (Graduate Student Research Fellowship), भूकम्प सम्बन्धी तालिम, प्राकृतिक प्रकोपको अवस्थामा सहयोग, COVID-19 सहयोग, आदि ।

हामी संयुक्त राज्य अमेरिका, नेपाल र विश्वभर छरिएर बसोबास गरिरहनुभएका नेपालीहरुलाई सम्मेलनमा सहभागी हुन हार्दिक आमन्त्रण गर्दछौ/ उच्चस्तरीय प्राविधिक बिषयवस्तुहरु सर्वसाधारण जनसमुदायका लागि पनि सान्दर्भिक हुन्छन् र हाईस्कूलका विद्यार्थीहरु साथै विज्ञान, प्रविधि, इन्जिनीयरिङ्ग र गणित (STEM) क्षेत्रमा करियर बनाउन चाहने को लागि रुचिको बिषय बन्न सक्छन् ।

विद्यार्थी तथा युवाहरुका लागि प्रयोगात्मक कार्यशाला आयोजना गरिनेछन् ।

बिस्तृत जानकारीको लागि वेबसाइट हेर्नुहोला:

https://drive.google.com/file/d/11MDz_O89MzeyTXSRtSWzpbm7ybbfsYt0/view

प्रतिक्रिया