बुधबार, माघ १२ २०७८
काठमाडौं २३:१४
वासिङटन डिसी 12:29

डिसीको होवार्ड बिश्वबिद्यालयका कमर्चारीलाई बन्दुक देखाई लुटपाट गर्ने १५ बर्षिय युवा पक्राउ

इनेप्लिज २०७८ असार २६ गते २०:२७ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीको होवार्ड बिश्वबिद्यालयका कमर्चारीलाई बन्दुक देखाई लुटपाट गर्ने १५ बर्षिय युवालाई पक्राउ गरिएको डिसी प्रहरीले जनाएका छन् ।

उनले गत महिनामा बन्दुक देखाई लुटपाट गर्ने प्रयास गरेकोमा उनलाई अभियोग समेत लगाईएको छ । डिसी प्रहरीका अनुसार डिसीको उत्तरपश्चिम स्थित १०० भवन समूहको ब्रायन्ट मार्गमा पीडित हिडी रहेको समयमा पछाडीबाट उक्त व्यक्ति आई बन्दुक देखाई उनीसँग भएको समान मागेका थिए ।

स्थानीय न्यूज७ संचार माध्यमका अनुसार उक्त पीडित होवार्ड बिश्वबिद्यालयका प्रयोगशालाका प्राविधिक एओन सईद अलि रहेको पुष्टी भएको छ । पीडितसंग एक झोला र उक्त झोला भित्र म्याकबूक प्रो नामक सुसाङ्ख्य काखे यन्त्र (म्याकबुक ल्यापटप )रहेको थियो ।

लुटपाटको क्रमणमा उक्त व्यक्ति सडकमा पछारिएका थिए । भाग्ने क्रममा भुईमा लडे पछि उनि घाइते भएका थिए । प्रहरीहरु त्यहा आई पुगे पछि उनलाई घटनास्थल मै उनको प्राथमिक उपचार गरिएको थियो ।

प्रहरीले अनुसन्धान गरे पछि १५ बर्षिय किशोरलाई पत्ता लगाएका थिए । उनलाई हाल नाबालग कारागारमा प्रक्रियाको लागी थुनामा राखिएको एबिसी७ न्युजले समाचार लेखेको छ ।

 

प्रतिक्रिया