सरकार खोप छिटो देउ:अधिकारकर्मी

इनेप्लिज २०७८ असार २६ गते १७:१४ मा प्रकाशित

विराटनगर,२६ असार।विराटनगरका अधिकारकर्मीहरुले कोभिड १९ विरुद्धको खोपको व्यवस्था गर्न माग गरेका छन्।फ्रन्टलाईनमा खट्ने अधिकारकर्मीहरुले अझै खोप पाउन नसकेको उनीहरुको भनाई छ।गैरसरकारी संस्था महासंघ मोरङले आज आयोजना गरेको कोभिड–१९ को दोश्रो लहरमा मानवअधिकार, लोकतन्त्र,सामाजिक संघसंस्थाको भूमिका र सिकाई विषयमा छलफल कार्यक्रमका बक्ताहरुले सो माग गरेका हुन।

गैसस मोरङका अध्यक्ष राजेन्द्रप्रसाद ढकालले स्वास्थ्य अहिले पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । कोभिड १९ ले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सिकाएको बताउनुभयो।अधिकारकमीहरुले अहिले सम्म पनि कोभिड १९ विरुद्धको खोप पाउन नसकेको उहाँले बताउनुभयो।कार्यक्रममा नारी विकास संघ अध्यक्ष सीता शर्मा,गैसस मोरङ उपाध्यक्ष विष्णु शर्मा पन्त,उपभोक्ता अधिकारबादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङेल,एनप्याव्सन मोरङका अध्यक्ष राजन छाराहाङ,अधिकारकर्मी मणि अज्र्याल, बालकृष्ण पाण्डे लगायतले अधिकारकर्मीलाई छिटो भन्दा छिटो खोपको प्रवन्ध गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा मानव अधिकार सञ्जालका संयोजक डिकप्रसाद घिमिरे र सूचनाको हकका अभियान्ता राजु श्रेष्ठले कोभिड–१९ को दोश्रो लहरमा मानवअधिकार, लोकतन्त्र,सामाजिक संघसंस्थाको भूमिका र सिकाई विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया