बिहीबार, साउन २६ २०७९
काठमाडौं २०:५२
वासिङटन डिसी 11:07

एटलान्टाको गल्फ मैदानमा ३ जनालाई हात र खुट्टा बाँधी हत्या गर्ने अपराधी पक्राउ

इनेप्लिज २०७८ असार २६ गते ११:४१ मा प्रकाशित

अमेरिकाको जर्जिया राज्य स्थित एटलान्टा शहरको गल्फ मैदानमा ३ जनालाई हात र खुट्टा बाँधी र मुखमा पट्टि बाँधी हत्या गर्ने अपराधीलाई पक्राउ गरिएको छ । उनलाई पक्राउ पूर्जी जारी गर्नेले उक्त जानकारी दिएका हुन् ।

यसै महिनाको शुरुमा भएको तीन जनाको हत्याको आरोपमा ब्रायन एन्थोनी रोडेन नामक व्यक्तिलाई गत बिहीबार जुलाई ९ का दिन दिउँसो पक्राउ गरिएको हो । उनले दुई व्यक्तिहरू पाउल पियर्सन र हेनरी भालडेजको साथै गल्फ खेल मन पराउने तथा समर्थक जेन सिल्लरको हत्याको सम्बन्धमा हिरासतमा लिइएको हो ।

ती सबैलाई एट्लान्टा क्षेत्रको पाइन्ट्री कन्ट्री क्लब नामक गल्फ मैदानगत हप्तामा मृत भेटिएको प्रहरी प्रमुख टिम कक्सले बताए ।

रोडेनलाई तीन जनाको हत्या गरेको आरोपमा तीन गणना ,अपराधी हमलामा तीन गणना र अपहरणको दुई गणनाको आरोप लगाइएको कक्सले बिहीबार पत्रकार सम्मेलनमा भने।

प्रहरीका अनुसार पीडितहरूको प्रत्यक्ष चोटपटक र आन्तरिक चोटपटक लागेको थियो जसले गर्दा उनीहरूको मृत्यु भएको प्रहरीले बताएका छन ।

अपहरणको आरोपमा रोडेनलाई पियर्सन र भाल्डेजलाई अपहरण गरि हात, खुट्टा र मुख पट्टी (टेप)लगाएका र उनीहरूको शवलाई सेतो डज र्याम मालबाहक गाडी (पिकअप ट्रक) मा लुकाएका थिए ।

अनुसन्धानकर्ताहरूले रोडोनलाई एटलान्टा क्षेत्रको च्यामब्ली नामक स्थानबाट पक्राउ गरिएको थियो भने गोली हान्ने एक मात्र व्यक्ति हुन् भनि ठहर गरेको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

कोब काउन्टी शेरिफको कार्यालयका प्रवक्ताका अनुसार रोडेनलाई शुक्रबार कोब काउन्टी कारागारमा राखिएको छ ।

शुक्रबार साँझ उनले कोब काउन्टी जिल्ला न्यायाधीश डोनाल्ड हिक्स समक्ष देखा परेका थिए भने आगामी जुलाई २७ का दिन प्रतिज्ञापत्र सम्बन्धि सुनुवाई हुनेछ ।

प्रतिक्रिया