जनगायक शर्माकी छोरी पनि गायनमा, पहिलो गीत लालीगुराँस (भिडियो सहित)

इनेप्लिज २०७८ असार २६ गते १०:४२ मा प्रकाशित

 

जनगायक जीवन शर्माकी छोरी अनु शर्माले पनि आफूलाई सांगीतिक क्षेत्रमा समर्पित गरेकी छिन्।यसको सुरुवात उनले लालीगुराँस फुल्यो वनैमा बोलको गीतबाट गरेकी हुन्।नवगायिका अनुले आफ्नो पहिलो गीत जन्मदिनको अवसर पारेर आफ्नै नामको युट्युव च्यानल स्थापना गरेर सार्वजनिक गरेकी छिन्।

पहिलो चरणमा लिरिकल सार्वजनिक गरिएको गीतको भिडियो समेत चाँडै निर्माण गर्ने गायिका अनुले बताएकी छिन्।राष्ट्रियताको भाव बोकेको गीतको शब्द तथा संगीत निलिमा पुनले तयार गरेकी हुन्।आशिष अविरलले एरेञ्ज गरेको गीतको लिरिकल भिडियो तुलसी बाँस्कोटाले सम्पादन गरेका हुन्।

प्रतिक्रिया