शुक्रबार, भदौ ३ २०७९
काठमाडौं १०:४३
वासिङटन डिसी 00:58

शिकागोमा प्रहरीलाई बन्दुक ताक्ने र गाडीबाट मुनि झर्न नमान्नेलाई गोली हान्दा मृत्यु

इनेप्लिज २०७८ असार २६ गते २:०४ मा प्रकाशित

शिकागोमा प्रहरीलाई बन्दुक ताक्ने र गाडीबाट मुनि झर्न नमान्नेलाई गोली हान्दा एक व्यक्तिको मृत्यु भएको छ । शुक्रबार जुलाई ९ का दिन पक्राउ गर्न गएका प्रहरीलाई बन्दुक तेर्स्याई र उनीलाई सवारी साधनबाट मुनि ओर्लन भन्दा पनि अटेरी गरेकोमा प्रहरीले गोली चलाउदा ३३ बर्षिय व्यक्तिको निधन भएको छ ।

उक्त घटना शुक्रबार बिहान करिव ९:४० मा भएको हो । शिकागो प्रहरीका अधीक्षक डेविड ओ ब्राउनले पत्रकारहरुलाई जानकारी दिदै गरफिल्ड उद्यान पश्चिममा हतियार भएको व्यक्ति भएको खबर पाए पछि प्रहरी त्यहाँ पुगेका थिए भनि एबिसीन्यूजले सामाचार लेखेको छ ।

उनले बाहिर आउन नमाने पाची ३ जना शिकागो प्रहरी अधिकारी र एक अमेरिकी मार्शलले गोली चलाएका थिए । उनलाई माउन्ट सिनाई चिकित्सा केन्द्रमा गम्भीर अवस्था भर्ना गरिएको थियो भने पछि उनको मृत्यु भएको थियो । कुनै पनि प्रहरी अधिकारी घाइते नभएको र उनलाई ४ पटक गोली हानिएको उनले बताए ।

गोली चलाउँदा प्रहरीको शरीरमा जडान गरिएको चित्रग्राहिणी (क्यामरा )चालू अवस्थामा राखिएको थियो भने उक्त भिडियो (श्रब्य दृश्य)६० दिन पछि सार्वजनिक गरिने छ ।

प्रतिक्रिया