नेपाल दलित महिला उत्थान संघले गोरखा जिल्लाका १२ वटा स्वास्थ्य चौकीहरुमा औषधी लगाएतका सर्जिकल समानहरु हस्तान्तरण
नेपाल दलित महिला उत्थान संघले गोरखा जिल्लाको शहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकाको १२ ओटा स्वास्थ्य चौकीहरुमा औषधी लगाएतका सर्जिकल समानहरु हस्तान्तरण गरेको छ ।
कोरोना भाईरसको दोस्रो भेरिएण्टको संक्रमणबाट विश्व अक्रान्त बनेको यस घढीमा नेपाल पनि अछुत रहन सकेन । दोस्रो भेरिएण्ट कोरोनाले शहरमा भन्दा ग्रामिण भेगमा अधिक असर पारेको छ ।
गाउँका मानिसहरुमा कोरोना सम्बन्धि अल्प ज्ञान र साधारण औषधिको समेत अभाव भएकोले गाउँवासीहरुलाई कोरोना संक्रमण हुनबाट बचाउन, नेपाल दलित महिला उत्थान संघले महिला स्वास्थ्य स्वयम् सेविकाद्वारा वितरण गर्नेगरी पहिलो चरणमा १२ वटा स्वास्थ्य चौकीहरुमा औषधि लगाएत सर्जिकल समानहरु हस्तान्तरण गरेको छ ।
हस्तान्तरण गरिएको समानहरु यस प्रकार छन् ।
१. सिटामोल
२. राईनेक्स
३. साईनेक्स
४. सेनीटाईजर
५. सर्जिकल माक्स्
६. टसक्यु सिरप
७. मेट्रोनिडाजोल
८. अक्सिमिटर तथा ब्याट्री
९. डिजिटल थर्मोमिटर
१०. पिपिई सेट
११. फेसशिल्ड
१२. केएन ९५ माक्स्
१३. फुट स्टेप
१४. युरिन पट
१५. स्पाईटींग पट
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया