कोभीड अस्पतालले विश्वासिलो सेवाको कारण जनताको मन जितेको छ–मन्त्री राई
विराटनगर,२५ असार।प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारले सञ्चालन गरेको कोभीड अस्पतालले निःशुल्क र विश्वासिलो सेवाको कारण जनताको मन जित्न सफल भएको बताउनु भएको छ।
उहाँले कोभीड अस्पतालको आज अनुगमन गर्दै नीजि अस्पताल भन्दा उच्च स्तरको सेवा सुविधा सेवा दिइरहेकोले जनतामा अस्पतालप्रति उच्च विश्वास रहेको धारणा व्यक्त्त गर्नु भयो।
मन्त्री राईले प्रदेश सरकारले अन्य प्रदेश भन्दा पहिले व्यवस्थित रुपमा कोभीड अस्पताल सञ्चालन गरेको जानकारी दिदै अस्पतालका लागि दक्ष चिकित्सक र स्वास्थ्यकर्मी लगायतका पर्याप्त जनशक्तिको प्रवन्ध गरिएको बताउनुभयो।
कोरोना सङक्रमणको अन्त्यपछि कोभीड अस्पताललाई स्त्री रोग तथा प्रसुती अस्पताल बनाउने तयारी रहेको उहाँले जानकारी दिनुहुदै सरकारले यसका लागि आवश्यक वजेटको पनि प्रवन्ध गरेको बताउनु भयो।
उहाँले आईसीयु, भेन्टिलेटर, एचडियुमा उपचाररत विरामीको अवस्थाबारे कन्ट्रोल रुमबाट जानकारी पनि लिनुभएको थियो।
अस्पतालमा ९६ वटा वेड रहेकोमा आज ४१ जना उपचारत रहेको अस्पतालका संयोजक वैजनाथ साहले जानकारी दिनुभयो।उहाँका अनुसार जनरल वेडमा ८, एचडियुमा १५ र आईसीयुमा १८ जना उपचाररत छन्।उहाँले पछिल्लो समय अस्पतालमा भर्ना हुने दर घट्दै गएको छ।
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
अमेरिकाको टेनेसीको एक अस्पतालमा गोलीबारी हुँदा कम्तिमा ७ जना घाइते ,अनुसन्धान जारी
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
प्रतिक्रिया