अमेरिकामा महाबिर पुनलाई ओहायोका दुई शहरका नगर प्रमुखद्वारा सम्मान
अमेरिकामा महावीर पुनलाई ओहायो राज्यका दुई शहरका नगर प्रमुखले सम्मान गरेका छन । गत महिना देखि अमेरिकाको भ्रमणमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकलाई गत जुलाई ६ का दिन सम्मान गरेका हुन् ।
डा पुनले नेपालका लागि गरेको योगदान स्वरुप उनलाई सम्मान हो भने यो समस्त नेपाल र नेपालीको लागि शीर उच्च भएको छ र सबैको लागि गौरवको बिषय पनि हो । नेपालको दीर्घकालीन विकासको लागि र आर्थिक उन्नति कसरी गर्न सकिन्छ भन्ने उद्देश्य सहित स्थापित राष्ट्रिय आविष्कार केन्द्र मार्फत थुप्रै सामाजिक कार्यहरु गरि सकेको छ ।
वहा हाल अमेरिकाको विभिन्न राज्यहरूमा भ्रमण गर्दै नेपाली समुदायसँग अन्तरक्रिया र भेटघाट कार्यक्रममा व्यस्त रहेको समयमा उनलाई ओहायोका दुई शहरका नगर प्रमुखले बोलाएर सम्मान गरेका हुन् ।
अमेरिकामा अत्यधिक नेपाली समुदायसँग गरिएको अन्तरक्रिया र भेटघाट कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई ठूलो आर्थिक सहयोग प्राप्त भएको छ । र सबै नेपालीले सक्ने सहयोग गरि रहेका छन् । आर्थिक सहयोग मात्र नभई केन्द्रलाई आफूले बिदेशमा आर्जन गरेको शीप र ज्ञान पनि सहयोग गर्ने बचनबद्धता र प्रतिबद्धता जाहेर गरेका छन् ।
डा पुनले सुरु देखि नै आर्थिक सहयोगको लागि मात्र नआएको भनि पटक पटक स्पष्ट परेका छन् भने तर समुदायले वहाओ कुरा सुने पछि स्वत स्फुर्त रुपमा सहयोग गर्नेको ताती लागेको छ । आफै राष्ट्रिय आविस्कार केन्द्रलाई निरन्तर रुपमा सहयोग गर्ने सबैले बचन दिएका छन् ।
अमेरिकाको भ्रमणको लागि सामाजिक अभियन्ता सन्तोष सापकोटाले डा पुनलाई अमेरिकाको भ्रमणमा ल्याउन संयोजन गरेका हुन् ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया