तमु धी भर्जिनियाले ग्रीष्मकालीन बनभोज कार्यक्रम गर्ने
तमु धी भर्जिनियाले ग्रीष्मकालीन बनभोज कार्यक्रम गर्ने भएको छ । महामारीको कारण गत वर्ष वनभोजको कार्यक्रम गर्न नसकिएकोले यस बर्ष धूमधामको साथ मनाइने भएको छ ।
आगामी जुलाई २८ ,बुधबारका दिन भर्जिनियाको वुडब्रिज स्थित लिसिलभेनिया स्टेट पार्क (उद्यान)मा हुने भएको छ । उक्त बनभोज उद्यानमा बिहान ११ बजे देखि बनभोज कार्यक्रमको आयोजना गर्ने जनाईएको छ ।
‘हाम्रो पैतृक सम्पत्ति ,हाम्रो भाषा र संस्कृति नारा सहित स्थापित ‘तमु धी भर्जिनियाले ग्रीष्मकालिन बनभोजमा यस क्षेत्रमा बसोबास गर्नु हुने सबैमा निमन्त्रणा गरेको छ ।
प्ये म्हस्या ल्हु म्ह्म ,ल्हु म्हस्या छ्या म्हम ,छया म्हस्या म्हि म्ह्म ‘ अर्थात् शास्त्र हराए संस्कार हराउछ ,संस्कार हराए परम्परा हराउछ ,परम्परा हराए मान्छे हराउछ ” भन्ने उखानलाई मनन र मध्यनजर गर्दै बिगत बर्षहरु झैँ २०२१ मा पनि मनाउने भएको संस्थाका अध्यक्ष नन्द कुमार गुरुङले बताए ।
अध्यक्ष गुरुङले यो सवै नेपाली समुदायको आयोजना गरिएको बनभोज कार्यक्रम भएकोले भित्ते पात्रोमा चिन्ह लगाउन समेत ईनेप्लिज मार्फत अनुरोध गरेका छन् । र यो नि शुल्क भएकोले जो कसैले पनि सहभागिता जनाउन सक्नु हुने छ भनि सबैमा चुलो निम्तो दिईएको छ ।
समय केही हेरफेर भएमा अध्यावधिक समेत गराईने अध्यक्ष गुरुङले जनाएका छन् ।
कहिले : जुलाई २८ ,बुधबार ,२०२१
कति बजे : ११ बजे देखि
ठेगाना : 2001 daniel k ludwik dr ,woodbridge ,va २२१९१
सम्पर्क : नन्द गुरुङ : 571 524 2345
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया