टेक्ससको ह्युसटनको एक चमेनागृहमा बन्दुकधारीले एक जोडीलाई अन्धाधुन्ध गोली चलाउदा पुरुषको मृत्यु
टेक्ससको ह्युसटनको एक चमेनागृहमा बन्दुकधारीले एक जोडीलाई अन्धाधुन्ध गोली चलाउदा पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार ह्युसटनको एक चमेनागृहमा रात्री भोजन सकिन लागेको बेलामा एक व्यक्ति त्यहा आई गोली चलाएका थिए ।
ह्युसटनको मुख्य बजार स्थित उक्त चमेनागगृहमा गत जुलाई ८ का दिन राती उक्त घटना भएको हो । उक्त व्यक्ति कुनामा बसेका थिए भने पछि उठेर आएर गोली हानेका थिए ।
उक्त गोली लागेको कारण पुरुषको निधन भएको थियो भने महिला घाइते भएकी छिन । उक्त घटना हुने बित्तिकै प्रहरीलाई खबर गरिएको र प्रहरी पनि त्यहा तुरुन्तै आएका थिए ।
प्रहरीका अनुसार उक्त महिलालाई अस्पतालमा भर्ना गरिएको छ भने उनको स्थिति स्थिर रहेको बताईएको छ । गत राती करिव ८ बजे स्थानीय समय अनुसार घटेको ह्युसटन प्रहरी कार्यकारी प्रमुखले बताए ।
त्यस पछि उक्त बन्दुकधारीले स्वयम आफुलाई गोली हानेका थिए र गोली लागे पछि उनको पनि मृत्यु भएको समाचार सिएनएनले लेखेको छ ।
उक्त जोडी भएर आएका पुरुष र महिलाको हुन् भन्ने पत्ता लागि नसकेको प्रहरीले बताएका छन् । उक्त बन्दुकधारी र उनीहरु बीच के सम्बन्ध छ भन्ने केही थाहा नभई सकेको जनाईएको छ । सिएनएनले उनीहरुलाई कतै त्रीकोण प्रेम सम्बन्ध त हैन भनि प्रहरीलाई जिज्ञाशा राख्दा यो प्रारम्भिक चरणमा भएकोले केही भन्न नसकिने भनि सिएनएनलाई जवाफ दिएका थिए ।
सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह
अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू
बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
प्रतिक्रिया