बिहीबार, भदौ २ २०७९
काठमाडौं १६:१३
वासिङटन डिसी 06:28

फ्लोरिडामा भत्किएको भवनमा कूल मृतकको संख्या ६४ ,७६ जना अझ बेपत्ता

जानकारी दिने क्रममा सबै भावुक

इनेप्लिज २०७८ असार २५ गते १:०९ मा प्रकाशित

फ्लोरिडाको भत्किएको भवनमा कूल मृतकहरूको संख्या ६४ पुगेको छ भने ७६ जना अझै हराई रहेका छन् । अध्यावधिक गर्ने क्रममा क्रममा वातावरण निकै भावुक हुन् पुगेको छ । आँशु थाम्न सकेनन भने उद्धार टोलीमा अहोरात्र खट्ने पनि भावुक भए ।

फ्लोरिडामा एल्सा नामक समुन्द्री आंधी आंधी आउनु अगाडी नै भत्किएको भवनलाई नष्ट गरिएको थियो । हराई रहेकाहरुको अझ खोज तलास गर्न सरल होस् भन्ने हेतुले फ्लोरिडामा आँधी आउनु अगाडी नै ध्वस्त पारिएको थियो ।

मायामी डेड काउन्टीका नगर प्रमुख डानीला लेभिन काभाले बिहिबार जुलाई ८ का दिन जानकारी दिँदै कूल मृतकको संख्या ६४ पुगेको र अझ ७६ जना भएको बताइन ।

उक्त भवन फ्लोरिडा राज्यको मायामी शहर नजिक सर्फसाइड नामक शहरमा रहेको १२ तले भवन आंशिक रुपमा भत्किएको थियो । फ्लोरिडामा एलिजा नामक आंधी आउने भएकोले गत आइतबार राती १०:३० भवनलाई पुरै नष्ट गर्नु परेको थियो ।

गत जुन २४ का दिन बिहान बिहीवार उक्त भवन आंशिक रुपमा भत्केको थियो । उक्त समयमा अधिकांश मानिसहरु मस्त सुतिरहेका थिए ।

उक्त घटना बिहान १:३० मिनेटमा भएको थियो भने उक्त शहर मायामी समुन्द्रतट भन्दा करिव ६ माइल उत्तरमा पर्दछ । करिव ५५ वटा कन्ड़ोनियम(एक परिवार लागि पुग्ने फ्लाट अर्थात् एक तला -इकाई ) भवन खसेको थियो ।

उक्त भवन १९८१ मा निर्माण गरिएको हो भने सर्फसाइड शहर स्थित एक समुन्द्रतटको दक्षिणपूर्वको कुनामा रहेको छ ।

प्रतिक्रिया