ट्रम्प बिरुद्ध मुद्धा हाल्ने वकिल एभेनाटीलाई अढाई बर्षको कैद सजाय ,अदालतमा रोए
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्ध अश्लील चलचित्रकी कलाकार स्टोर्मी डेनीएल्सको तर्फबाट मुद्धा हाल्ने वकिल माइकल एभेनाटीलाई अढाई बर्षको कैद सजाय सुनाईएको छ । उनलाई ट्रम्पको मामलामा कैद सजाय सुनाईएको हैन । ट्रम्प बिरुद्धको मुद्धा पहिले नै खारेज भै सकेको छ ।
तर एभेनाटीलाई बिश्व प्रसिद्ध नाइकि कम्पनि(प्रतिष्ठान)संग लाखौ लाख डलर लिन खोज्ने अभियोगमा संघीय न्यायाधीशले माइकल एभेनाटीलाई ३० महिनाको कैद सुनाएका हुन् ।
गत बर्ष २०२० को फेब्रुअरीमा सार्वजनिक रुपमा रकमको विषयलाई लिएर धम्कि दिएको कारण उनलाई ३ वटा गणनाको अभियोग लगाइएको थियो भनि सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
अभेनाटीको आचरण अपमानजनक थियो,” अमेरिकी जिल्ला न्यायाधीश पल गार्डेफेले सजाय सुनाउँदा भने। ” अभेनाटी आफ्नो मंचको शक्ति वा उनले आफ्नो मंच के हो भनेर कसरी बुझेका थिए।
बिहीबार अदालतको अगाडि अभेनाटी खुलेर रोए । “मैले आफ्नै मूल्यमान्यता, साथी, परिवार र आफैंलाई धोका दिएको छु,” उनले भने। “म र म एक्लै, मेरो कार्यकाल ,मेरो सम्बन्ध, मेरो जीवन नष्ट गरेको छु ।”
प्रतिक्रिया