प्रदेश नं १ प्रदेश सभा वैठक

इनेप्लिज २०७८ असार २४ गते २२:०७ मा प्रकाशित

विराटनगर,२४ असार।प्रदेश नं १ का उद्योग,पर्यटन,वन तथा वातवरण मन्त्री जगदीशप्रसाद कुसियैतले बजेट घाटा एवं कोभीड–१९ को विषम परिस्थितिका कारण ५० प्रतिशत बजेट कटौतीका कारण मन्त्रालयसँग सम्वन्धित विगतका आयोजनालाई बाध्यतावस निरन्तरता दिन नसकिएको बताउनु भएको छ।

प्रदेश नं १ प्रदेश सभाको आठौ तथा बजेट अधिवेशनशको २० औं आजको वैठकमा विनियोजन विधेयक २०७८ मा निर्दिष्ट गरी मन्त्रालय सँग सम्वन्धित शीर्षकमाथी विभिन्न सदस्यहरुले राख्नु भएको प्रश्न तथा जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो धारणा राख्नु भएको हो।

उहाँले सवै सदस्यहरुको भावना अनुसार प्रदेशलाई उत्कृष्ट बनाउनका सरकार प्रत्यनशील रहेको चर्चा गर्दै सोचे अनुसार पर्यटन क्षेत्रमा कार्य गर्न नसकेको र प्राथमिकताका अनुसार सबै जिल्लालाई समानुपाति ढङगले बजेट विनियोजन गरेको बताउनु भयो।

मन्त्री कसियैतले प्रदेशको पहाडी क्षेत्रमा ७५ किलोमिटर र खुम्वु क्षेत्रमा निर्माण गरिएका पदमार्गको चर्चा विश्वमा चलेको धारणा राख्नु भयो।

उहाँले तराई क्षेत्रमा धार्मिक पर्यटकको आवागमन वृद्धिका लागि कोशी व्यारेजदेखि रामधुनी, चतरा,धरान र तालतलैया जोड्ने वहुवर्षिय करिडोर निर्माणका लागि बजेट विनियोजन गरेको बताउनु भयो।

मन्त्री कुसियतले १४ जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयमार्फत स्वरोजगारका लागि मुलकलाई आवश्यक्ता अनुसारको शीप विकास तालीम सञ्चालन गरिरहेको बताउदै आगामी दिनमा कार्यालयले प्रविधि हस्तान्तरण कार्य समेत गर्ने बताउनु भयो।

उहाँले प्रदेशका सवै वन डिभिजन कार्यालयलाई वृक्षरोपण कार्यक्रम अभियानको रुपमा सञ्चालन गर्न निर्देशन दिनुका साथै १ लाख ५० हजार विरुवा वृक्षरोपण गरिएको र कार्यालयले रु ७५ लाख बरावरको चोरी निकासी नियन्त्रण गरेको जानकारी दिनु भयो।

यस अघि मन्त्रालयसँग सम्वन्धित शीर्षकमाथि भएको छलफलमा कुलप्रसाद साम्वा,खुनु लाङवा लिम्वु,जयराम यादव,निलम राई,पूर्णप्रसाद राई(याम्फ),विद्यानन्द चौधरी,विमल कार्की ,विष्णु तुम्वाहाम्फे, मोहनकुमार खड्का र लछुमन तिवारी,सर्वध्वज साँवा लिम्वु र बलवहादुर साम्सोहाङले विभिन्न प्रश्न र जिज्ञासा राख्नु भएको थियो।

यसैगरी आज भएको शुन्य समयमा पदमकुमारी गुरुङ र राधा थापाले प्रदेशको समसामयिक विकासमा जिज्ञासा राख्नु भएको थियो।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले नेपाली काङग्रेस संसदीय दलका प्रम्ख सचेत केदार कार्कीलाई विशेष समय दिनु भएको थियो।

यस्तै सभामुख भण्डारीले प्रदेश सभा निमावली २०७४ को १४३ को उप नियम १ वमोजिम सार्वजनिक लेखा समितिले तयार पारेको आर्थिक वर्ष २०७६ः७७ को बार्षिक प्रतिवेशन सभामा पेश समितिका सभापति शिवनारायण गनगाईलाई अनुमति दिनु भयो।

प्रदेश सभाको अर्को बैठक यही असार २५ गते शुक्रबार दिनको ११ बस्ने सभामुख भण्डारीले सदनमा जानकारी दिनु भयो।

 

प्रतिक्रिया