सोमबार, साउन २३ २०७९
काठमाडौं ०३:३३
वासिङटन डिसी 17:48

ज्योति बरालको हार्दिक अपिल

इनेप्लिज २०७८ असार २४ गते २१:४४ मा प्रकाशित

आदरणीय दिदीवहिनी तथा दाजुभाई, बुबा आमाहरु
सवैमा हार्दिक नमस्कार अर्पण गर्न चाहन्छु।

सर्वप्रथम तपाईहरुको हौसला र प्रेरणाले समुदायको वृहत्तर हितको लागि सामाजिक सेवामा क्रियाशील रहेर सेवा गर्ने मौका प्रदान गर्नु भएकोमा अन्तरहृदय देखि कृतज्ञता ज्ञापन गर्न चाहन्छु।

यसै सिलसिलामा हामीहरु गैर आवासीय नेपालीहरुको साझा संस्था एनआरएनको २०२१ – २०२३ को कार्यकालको लागि हालै सम्पन्न निर्वाचनवाट नयाँ नेतृत्व समेत आईसकेको अवस्था छ।प्रजातान्त्रिक प्रक्रियाअन्तरगत गत कुनै पनि संस्थामा हुने निर्वाचनले हार र जीत भन्दा पनि एउटा अपरिहार्य प्रक्रिया हो भन्नेमा सायद कसैको दुईमत नहोला।निर्वाचनमा अंकगणितको आधारमा हार्देमा सर्वस्व समाप्त हुने र जित्दैमा राज्य सत्ता नै प्राप्त हुने होईन्।गैर नाफामुलक संस्थामा निर्वाचित हुनेहरुले स्वयंसेवी भावका साथ काम गर्नुपर्छ।

कुनै पनि संस्थाको गतिशीलता भनेको त्यसको जिम्मेवार पदमा वसेका व्यक्तिहरुले खेल्ने भूमिका र लिने निर्णयले अहम भूमिका खेल्छ।तर तपाई हामीहरुको सोच भन्दा अलि पृथक र एउटा सामाजिक संस्थाको लागि शोभा नदिने कुरा गत शनिवार न्यूयोर्कमा सम्पन्न दशौ साधारण सभा तथा पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा देखिएको कुरा जगजाहेर नै छ।

त्यस कार्यक्रममा म स्वयं र कतिपय राज्यवाट लामो यात्रा गरेर समेत पाल्नु भएका सभ्य र भव्य ठानिएका अभियन्ताहरुको क्रियाकलापले हामीहरुको शीर निहुरिएको छ।उक्त दिनको कार्यक्रममा समन्वय र सहकार्यको वातावरण भन्दा केही व्यक्तिहरुको अहमपनको कारण एउटा मानवीय त्रुटिको रुपमा घटेको मेरो वुझाई रहेको छ।यसमा प्रत्यक्ष या अप्रत्यक्षमा रुपमा सहभागी सवैले आत्मग्लानीका साथ आदरणीय एनआरएनका आजीवन तथा साधारण सदस्यहरु सामु माफी माग्नु पर्छ भन्ने मेरो ठम्याई रहेको छ।त्यसमा विभिन्न पद र जिम्मेवारी लिनेहरुको भागमा अवश्यनै केही मात्रामा वढी हुन जान्छ।तर मानवीय त्रुटिलाई आत्मालोचना गर्दे सार्वजनिक रुपमा गल्ती स्वीकार गर्नु महानताको परिचय हो भन्ने मान्यताको म पूर्ण समर्थन गर्दछु।तसर्थ त्यसमा सरोकार राख्नुहुनेहरुले आफनो क्षमायाचन गर्दे आगामी दिनमा त्यस्तो प्रवृत्तिलाई निरुत्साहीत गर्ने प्रतिवद्धता जनाउनु हुन एक च्याप्टर अध्यक्षको नाताले अपिल गर्न चाहन्छु।

पुनश्च : करिव २० हजार सदस्य भएको गैर आवासीय संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको गरिमा र महत्वलाई आत्मसात गर्दे उत्साहका साथ यो अभियानमा लाग्न उत्प्रेरित गर्न सवै पक्ष मिलेर एक संयुक्त विज्ञप्ति प्रकाशन गरिदिनु हुन हार्दिक अपिल गर्न चाहन्छु।

ज्योति बराल
अध्यक्ष
आयोवा च्याप्टर
७ जुलाई २०२१

प्रतिक्रिया