बिहीबार, भदौ २ २०७९
काठमाडौं १५:३५
वासिङटन डिसी 05:50

ट्रम्पका महा विवादास्पद वकिल जुलियानीको अनुमति पत्र डिसीमा पनि निलम्बन

अव डिसी र न्यूयोर्कमा वकिल पेशा अभ्यास गर्न नपाउने

इनेप्लिज २०७८ असार २४ गते ११:०२ मा प्रकाशित

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएता पनि बिजयी गराउने ठेक्का लिएका ट्रम्पका वकिल रुडी जुलियानीको वकिलको अनुमति पत्र वाशिंगटन डिसीमा पनि निलम्बन भएको छ । उनले अब डिसी र न्यूयोर्कमा अधिवक्ताको अभ्यास गर्न नपाउने भएका छन् । उनले प्राप्त गरेको वकिल पेशाको अनुमति पत्र वाशिंगटन डिसी र न्यूयोर्कमा निलम्बित गरिएको छ ।

न्यूयोर्कको अदालतले फैसला गरे संगै वाशिंगटन डिसीले पनि उनले वकिल पेशामा अभ्यास गर्न नपाउने भनेको छ । डिसीको अपिल अदालतले उक्त निर्णय गरेको हो । उनलाई मानहानीको मुद्धा समेत लागेको अवस्थामा अर्को बज्र प्रहार परेको छ । न्यू योर्कको सर्वोच्च अदालतको अपिल अदालत शाखाले तुरुन्तै लागु गर्ने गरि निर्णय गरेको थियो ।

उनले यो पुन :प्राप्त गर्न सक्ने भएको हुनाले उनलाई अवसर दिइएको भनि एबिसीन्यूजले समाचार लेखेको थियो । ट्रम्पलाई न्यूयोर्कको बार एसोसिएसन(वकिलहरुको संघ)ले उक्त उजुरी गरे पछि निलम्बनमा परेको थियो । उनले आफ्ना ग्राहक पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारेता पनि आफ्ना ग्राहकबाट राष्ट्रपतिले चुनावी चोरी भएको दाबीलाई समर्थन गर्न झूटा र भ्रामक तथा तथ्यहीन बयान दिएका थिए।

जुलियानीले गत नोभेम्बरमा ३ मा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिकले धाधली गर्यो भन्दै अदालतमा मुद्धा माथि मुद्धा दायर गर्दै ,आधारहीन ,बिना प्रमाण अमेरिकाभरि यात्रा गरेका थिए । पटक पटक शहरमा पुगेर चुनावमा धाधली भएको भनि मेलामा जादु देखाए झैँ कुर्लिएका थिए। अन्तिम अवस्थामा सम्म पनि उनले ट्रम्पलाई नै बिजयी गराउन कुनै कसर छोडेका थिएनन ।

अत्यन्तै विवादास्पद कुरा र फक्स न्युजमा बारम्बार झुटा कुरा प्रचार प्रसार गरेका थिए । जुलियानीले मैले कुनै अपराध गरेको छैन भनि उल्टै सफाई दिई रहेका बेलामा डिसीले समेत उनको अनुमति पत्र निलम्बनमा पारेको छ ।

जुलियानीले चुनाव धाधली भएको भन्दै अमेरिकी जनतालाई दिउसै राती बनाउने प्रयासमा सशक्त रुपमा लागेका थिए ।

उनले अमेरिकी जनतालाई अशिक्षित र केही नजान्ने झैँ गरि चटक देखाएको झैँ नोभेम्बर ३ मा भएको निर्वाचन धाधली भएको भनि सुगा झैँ रटेका थिए । रिपब्लिकनहरुले उनको कुरा आधा विश्वास गर्न सक्छन । तर आम जनताले उनको कुरा पत्याउन छोडेका छन् ।

झुटको खेती गर्न खप्पिस उनले पटक पटक निर्वाचनमा धाधली भएको बिना प्रमाण र बिना सबुत डेमोक्रयाटिकले धाधली गरि जितेको भन्दै निरन्तर रुपमा वकालत गर्ने वकिल हुन् ।

उनले निर्वाचनको पूर्ण नतिजा नआउन्जेल बालबालिकाहरुलाई मिठाई दिएर फकाए झैँ अमेरिका जस्तो देशमा मतदातालाई उल्लु बनाउने कोसिस गरेका थिए । किनभने मुद्धाको लागि दैनिक २० हजार डलर पारिश्रमिक लिएका थिए । उनि न्यूयोर्कका पूर्व नगर प्रमुख हु भने उनि सफल र धनि व्यवसायी पनि हुन् ।

प्रतिक्रिया