सोमबार, साउन २३ २०७९
काठमाडौं ०३:२२
वासिङटन डिसी 17:37

सामाजिक संजालका हस्ती द्वय मार्क जकरबर्ग र ज्याक डोर्सीलाई मुद्दा हाल्ने : ट्रम्प

इनेप्लिज २०७८ असार २३ गते २२:०७ मा प्रकाशित

सामाजिक संजालका हस्ती तथा प्रमुख संचालकद्वय मार्क जकरबर्ग र ज्याक डोर्सीलाई मुद्दा हाल्ने योजना बनाएको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार बताएका छन् ।

फेसबुक र ट्वीटरका प्रमुखले जनवरी ६ को सदन आक्रमण पछि उनीलाई लगाईएको प्रतिबन्ध पछि उनले त्यसो भनेका हुन् ।

पूर्व राष्ट्रपति स्वयम राष्ट्रपति हुँदा पनि बारम्बार मुद्धा हाल्ने भनि रहन्थे र उनको यो कुनै नौलो कुरा हैन । उनको यो सामान्य धम्कि हो भनि सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

यसको साथै गुगलका प्रमुख कार्यकारी अधिकारी सुन्दर पिचाइलाई उनीहरूको मंचबाट हटाएपछि वर्गीकरण मुद्धा (क्लास सुट )गर्ने योजना बनाएका छन् । ट्विटरले ट्रम्पलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ भने मुहार पुस्तिका (फेसबुक)बाट उनलाई दुई बर्षको लागि निलम्बन गरेको छ ।

प्राविधिक प्रतिष्ठान(टेक कम्पनी)हरूले उनीहरूको मंच पक्षवादी विचारधाराको आधारमा भेदभाव गर्दछन् भन्ने कुरालाई लगातार अस्वीकार गरेका छन् । स्वतन्त्र अध्ययनले आरोपहरूको पुष्टि भएको पाएको छैन।

तर प्रविधि प्रतिष्ठानहरूलाई कानुनी रूपमा उनीहरूको मंच (प्लेटफर्म)हरू चलाउन अनुमति छ भने अदालतहरूले यस्तै प्रकारको मुद्दालाई खारेज समेत गरि सकेको छ ।

प्रतिक्रिया