बिहीबार, भदौ २ २०७९
काठमाडौं १६:२१
वासिङटन डिसी 06:36

फ्लोरिडामा भत्किएको भवनमा थप १० शव फेला सहित मृतकको संख्या ४६ ,९४ जना अझ बेपत्ता

इनेप्लिज २०७८ असार २३ गते १९:४१ मा प्रकाशित

फ्लोरिडाको भत्किएको भवनमा थप १० जनाको शव फेला पारिएको छ । यो सँगै कूल मृतकहरूको संख्या ४६ पुगेको छ भने ९४ जना अझै हराई रहेका छन् ।

फ्लोरिडामा एल्सा नामक समुन्द्री आंधी जमिनमा आई सकेको छ भने उक्त आंधी आउनु अगाडी नै भत्किएको भवनलाई नष्ट गरिएको थियो । हराई रहेकाहरुको अझ खोज तलास गर्न सरल होस् भन्ने हेतुले फ्लोरिडामा आँधी आउनु अगाडी नै ध्वस्त पारिएको थियो ।

मायामी डेड काउन्टीका नगर प्रमुख डानीला लेभिन काभाले बुधवार जुलाई ७ का दिन जानकारी दिँदै कूल मृतकको संख्या ४६ पुगेको र अझ ९४ जना भएको बताइन ।

“यस भवन भत्किएको दिन देखि यता यो आपत्ति दैनिक बढ्दै जाँदा, हाम्रो समुदाय र विश्व यस अकल्पनीय त्रासदीबाट बाँचिरहेका सबै परिवारका साथ शोक गर्दैछन्,” उनले भनिन्।

“हामी पक्कै खोजी गर्दैछौं,” उनले भनिन ।

उक्त भवन फ्लोरिडा राज्यको मायामी शहर नजिक सर्फसाइड नामक शहरमा रहेको १२ तले भवन आंशिक रुपमा भत्किएको थियो । फ्लोरिडामा एलिजा नामक आंधी आउने भएकोले गत आइतबार राती १०:३० भवनलाई पुरै नष्ट गर्नु परेको थियो ।

गत जुन २४ का दिन बिहान बिहीवार उक्त भवन आंशिक रुपमा भत्केको थियो । उक्त समयमा अधिकांश मानिसहरु मस्त सुतिरहेका थिए ।

उक्त घटना बिहान १:३० मिनेटमा भएको थियो भने उक्त शहर मायामी समुन्द्रतट भन्दा करिव ६ माइल उत्तरमा पर्दछ । करिव ५५ वटा कन्ड़ोनियम(एक परिवार लागि पुग्ने फ्लाट अर्थात् एक तला -इकाई ) भवन खसेको थियो ।

उक्त भवन १९८१ मा निर्माण गरिएको हो भने सर्फसाइड शहर स्थित एक समुन्द्रतटको दक्षिणपूर्वको कुनामा रहेको छ ।

प्रतिक्रिया