शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २२:३८
वासिङटन डिसी 12:53

न्यूयोर्कको महानगर प्रमुखका लागि डेमोक्र्याटिकका उम्मेदवार पूर्व प्रहरी कप्तान एरिक अड्म्स प्राथमिक निर्वाचनमा बिजयी

इनेप्लिज २०७८ असार २३ गते १४:०८ मा प्रकाशित

बिश्व कै सम्राट राज्य तथा न्यूयोर्क शहरका महानगर प्रमुख(मेयर)का लागि डेमोक्र्याटिकका उम्मेदवार एरिक अड्म्स प्राथमिक निर्वाचनमा बिजयी भएका छन् । यदि उनले आगामी निर्वाचनमा बिजयी भएमा पूर्व प्रहरी कप्तान दोश्रो अस्वेत उम्मेदार नगर प्रमुख हुनेछन् ।

उनले न्यूयोर्ककी पूर्व शहर सरसफाई आयोगकि आयुक्त क्याथरिन गार्सियालाई ८,४२६ मतले पराजित गरि डेमोक्र्याटिक दलका उम्मेदवार बन्न सफल भएका छन् । गत मंगलबार उक्त मतदानमा उनले गार्सियालाई पछि पारेका हुन् ।

जबकि त्यहाँ अझै थोरै मात्रामा मतगणना बाँकी छ, परिणामहरू स्पष्ट छन्: श्रमजीवी न्यू योर्कको नेतृत्वमा रहेको एक ऐतिहासिक, विविध, पाँच ब्युरो गठबन्धनले हामीलाई न्यूयोर्कको नगर प्रमुख लागि डेमोक्र्याटिक प्राथमिकतामा बिजयी गराएको छ , ”एडम्सले एक विज्ञप्तिमा भने।

गार्डियन एन्जलसका रिपब्लिकन संस्थापक कर्टिस स्लिवाको बिरूद्ध आम चुनावमा एडम्स लड्ने छन् ।

प्रतिक्रिया