बुधबार, भदौ १ २०७९
काठमाडौं ०३:३७
वासिङटन डिसी 17:52

फ्लोरिडामा भत्किएको भवनमा मृतकको संख्या ३६ पुग्यो ,१०९ जना अझ बेपत्ता

इनेप्लिज २०७८ असार २३ गते १३:३५ मा प्रकाशित

फ्लोरिडाको भत्किएको भवनमा थप ८ जनाको शव फेला पारिएको छ । यो संगै कूल मृतकहरुको संख्या ३६ पुगेको छ भने १०९ जना अझै हराई रहेका छन् ।

फ्लोरिडामा आई रहेको एल्सा नामक समुन्द्री आंधी अगाडी उक्त भत्किएको भवनलाई नष्ट गरिएको थियो । हराई रहेकाहरुको अझ खोज तलास गर्न सरल होस् भन्ने हेतुले फ्लोरिडामा आँधी आउनु अगाडी नै ध्वस्त पारिएको थियो ।

मायामी डेड काउन्टीका नगर प्रमुख डानीला लेभिन काभा जानकारी दिदै ३६ जना मध्ये २९ जनाको पहिचान भएको उनले बताइन । हामीलाई थाहा छ समाचारको पर्खाइ असहनीय छ,” उनले खोजी गरेको १३ औं दिनमा त्यसो भनिन ।

उक्त भवन फ्लोरिडा राज्यको मायामी शहर नजिक सर्फसाइड नामक शहरमा रहेको १२ तले भवन आंशिक रुपमा भत्किएको थियो । फ्लोरिडामा एलिजा नामक आंधी आउने भएकोले गत आइतबार राती १०:३० भवनलाई पुरै नष्ट गर्नु परेको थियो ।

गत जुन २४ का दिन बिहान बिहीवार उक्त भवन आंशिक रुपमा भत्केको थियो । उक्त समयमा अधिकांश मानिसहरु मस्त सुतिरहेका थिए ।

उक्त घटना बिहान १:३० मिनेटमा भएको थियो भने उक्त शहर मायामी समुन्द्रतट भन्दा करिव ६ माइल उत्तरमा पर्दछ । करिव ५५ वटा कन्ड़ोनियम(एक परिवार लागि पुग्ने फ्लाट अर्थात् एक तला -इकाई ) भवन खसेको थियो ।

उक्त भवन १९८१ मा निर्माण गरिएको हो भने सर्फसाइड शहर स्थित एक समुन्द्रतटको दक्षिणपूर्वको कुनामा रहेको छ ।

प्रतिक्रिया