बिहीबार, साउन १४ २०७८
काठमाडौं १६:५७
वासिङटन डिसी 07:12

खुट्टा फट्याउदैमा तिम्रो के जान्छ?

प्रकाश नेपाल २०७८ असार २२ गते २०:४० मा प्रकाशित

 

आज एकजना साथीबाट फोन आयो “जूममा हराएकी उनि” को बिषयलाई लिएर। “जूममा हराएकी उनि” मेरो लेख थियो र “ईनेपलिज” अन-लाईन पत्रिकाले प्रकाशित गरेको थियो- करिब दुई हप्ता अघि।

उसले भन्यो, “जूममा हराएकी उनि” लेख पुरै पढें चाख मानेर। “उनि” भनेको को रैछन, उत्सुकता पनि जाग्यो, तर लेखले उनिको बारेमा जूममा आउनु र हराउनु बाहेक केहि बताएन। अर्थात्-‘उनि’ को बारेमा खास वर्णन केही छैन। अन्तमा खाली भित्तो देखाएर आफ्नो भनाई टुंग्याएका छौ।”

उसले थप्दै गयो, अनि “जीवन विज्ञान” तिर कुरा जोडेका छौं। जीवन विज्ञानले तहल्का मच्चाएको आशय छ लेखमा। अब तिमीले मलाई भन, जीवन विज्ञानका गुरुहरुले दिने कुराहरु र अरु गुरुहरुले दिने कुरा भन्दा के फरक छ?”

प्रश्न दह्रो लाग्यो। भर्खरै मात्र जीवन विज्ञानको दैलो टेकेको, म कसरी यति गहिरो प्रश्नको जवाफ दिन सक्थें र। तर मैले ईमान्दारिताका साथ जबाफ दिने विचार गरें “हेर मित्र, ज्ञान गुनका कुरा सबै गुरुहरुले गर्छन। जीवन विज्ञानमा ज्ञान गुनका कुरा पनि हुन्छ। तर म तिमीलाई अत्यन्त व्यक्तिगत अनुभव मात्रै भन्न सक्छु।“

मैले थप्दै गएँ, “त्यो के भने जीवन विज्ञानमा जोडिए पछि बिहान ८ बजेको सट्टा ५:३० मै उठ्ने भएको छु। बिहान ६ बजे सुरु हुने प्रयोगशाला (व्यायाम र ध्यान) मा हाजिर हुन उठ्नै पर्छ। यो जूममा हुने भएकोले नुहाई धुवाई गर्ने पर्यो। करिब ९० मिनेट सम्म ज्यान तन्काउने, खुट्टा तन्काउने, कम्मर तन्काउने जसका व्यायाम हुन्छन। म जस्तो जिमखाना जान अल्छी गर्ने, घरमा पनि व्यायाम गर्दा मरिन्छ कि जस्तो गर्नेको लागि यो सहि ‘फिट’ बनेको छ। अहिले थोरै भए पनि अनुशासित बनेको छु।“

“दोस्रो, कोरोना महामारीको बेला हामीहरु धेरै जसोले एकलकाँटे जीवन बिताउनु परेको छ। जूममा धेरै साथीहरु आउनु हुन्छ, चिनाजानी हुन्छ, जूम मै सहि, आफ्ना विचारहरु, अनुभवहरु साटासाट गर्न पाइन्छ। मेरोलागि यो महत्वपूर्ण छ।“

“तेस्रो, ध्यान (meditation) सिकिन्छ। जीवनमा ध्यान सिकियो भने तनाबबाट मुक्ति पाउन सकिन्छ भन्ने कुरा थोरै भए पनि मैले कुनै बेला भोगेको छु र विश्वास गर्छु।“

उ आश्वस्त भयो जस्तो भयो र भन्यो “यो कुरा तिमीले ठिकै भन्यौं।

अनि फेरी अर्को अप्ठ्यारो प्रश्न तेर्स्यायो। भन्न लाग्यो “तिमीले रमेश नेपाल अनि भानु शर्मालाई अति परम पुज्य गुरुदेव भनेर भन्छौ ? कसरी सम्बोधन गर्छौ ? हाम्रो संस्कारमा त गुरु अथवा सिकाउने (बिशेष गरि ज्ञान गुनका कुरा) लाई भगवान जस्तै मान्दै जाने चलन छ नि। ”

यो प्रश्नको जवाफ मलाई सजिलो थिएन, तर प्रश्न अत्यन्त गहिराई छुने गहकिलो लाग्यो। तर म यो बिषयमा प्रस्ट थिएँ। मलाई यसको जवाफ दिन गाह्रो परेन।

मैले भने, ,”उहाहरु भगवान वा परमपुज्य बन्न चाहनु हुन्छ जस्तो मलाई लाग्दैन। मैले यो बिषयमा उहाहरुको कुरा सुनेको छु, रमेश नेपाल ज्यु र भानु शर्माज्युको। उहाहरुले भन्नु हुन्छ कि “हामीहरु आफुले जानेका कुरा बाढन चाहन्छौ र खाली मार्ग दर्शक बन्न सके राम्रो ठान्छौं। कसैले पनि गुरुहरुलाई अतिरन्जित गरेर भगवानको दर्जामा राख्नु गलत हो। तपाईहरु आफै भगवान हो अर्थात् भगवान आफै भित्र छ। खाली चिन्नु मात्रै पर्छ, हो त्यो आफु भित्रको भगवान (शक्ति)लाई चिनाएर तपाई बाहिर ल्याउन सके राम्रो ठान्छौं। बस यत्ति बुझ्नुहोस्।”

उहाहरुको यो भनाई प्रति मेरो सम्मान छ।

जहाँसम्म मैले गुरुहरुलाई कसरी सम्बोधन गर्छु भन्ने प्रश्न साथीले गरेका छन्, म यो कुरामा पनि प्रस्ट छु। रमेश नेपाल गुरुज्युलाई म ‘रमेश नेपालज्यु” नै भन्छु र भानु शर्माज्युलाई पनि “भानु शर्माज्यु” नै भन्छु। यहाँ नेर म अलिकन घमन्डी पनि देखिएँ कि भन्ने पनि लाग्छ। तर पनि गुरुज्युहरुको कुरालाई नै सम्मान गर्ने हो भने म घमण्डीमा गनिने छैन भन्ने लागेको छ।

साथी मेरो कुरा सुनेर सहि थपे। उनलाई मैले चित्त बुझाएछु भन्ने लाग्यो।

यो साथीले कुनै पनि कुराको जरा मै पुगेर खोतल्छ अनि प्रश्न गर्छ। कुनै बेला उसले गरेका प्रश्नहरुले मेरो माथ मथिँगल नै हल्लाई दिएको छ। उसको यो बानीले होला, म उ संग कुरा गर्न रमाउछु।

अन्तमा, जीवन विज्ञान कुनै दार्शनिकको भाषण मात्र होइन, न त यो कसैले कसैलाई “भगवान” बनाउन खोलेको उद्योग नै हो। त हो के भने यो तपाई हामी आफ्नैका लागि, आफ्नो स्वास्थ्यकोलागि-चाहे त्यो शारीरिक स्वास्थ्य होस् वा मानसिक, यो प्रयोगले राम्रो गर्छ। तपाईको बिहान वा साँझको ९० मिनेट यसमा खर्च गर्दैमा सबै बर्बाद हुदैन, बरु राम्रै हुन्छ। म जस्ता अल्छीलाई पनि लामो लामो स्वास फेर्न मद्दत गरेको छ। मेरा दाउरा जस्ता खुट्टा अलिकन भए पनि फट्याउन सिकेको छु। तपाइले पनि अलिकन फट्याउनुस न, आखिर के नै जान्छ र !

USA मा:
Everyday (Except Saturday): 6 AM EST-7:30 AM
Zoom ID: 82005486186
Pass: 2078
गीताजी को र रीताजी (trainners) को दिनहुको अथक प्रयास!

प्रतिक्रिया